सोमवार, बैशाख २४, २०८१

५० लाख बुझाएर महाप्रवन्धक बनेका झा १७ करोड काण्डमा मुछिए

काठमाडौं । तात्कालिन कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्रसिंह यादव मन्त्री भएका बेला फर्जी अनुभवको पत्र संलग्न गरी मन्त्रीको आर्शिवादनमा ५० लाख नगद बुझाएर दुग्ध विकास संस्थानको महाप्रवन्धक बनेका भ्रष्टमति वोकेका सञ्जिव झा अन्तत ः संस्थानको १७ करोड रुपैयाँ अपचलनमा परेका छन् । महाप्रवन्धक भएको दुई वर्ष पनि नपुग्दै १७ संस्थानको करीव १७ करोड रुपैयाँ व्यक्तिगत प्रयोजन गरेको फेला परेपछि कृषि मन्त्री डा बेदुराम भुसालले झालाई मन्त्रालय तानेका छन् ।

करीव १० वर्ष अघि दुग्ध विकास संस्थानमा शाखा अधिकृतका रुपमा प्रवेश गरेका झाले अनगुमन तथा बजार विभागमा कार्यरत हुँदा नै अकुत सम्पत्ति कमाउन सफल भएका थिए । पटक पटक विवादमा मुछिएका झाले तात्कालिन मन्त्री मृगेन्द्र कुमार सिंहलाई ५० लाख रुपैयाँ बुझाएर महाप्रवन्धक बन्न सफल भएका थिए । खुल्ला प्रतिष्पर्धामा महाप्रवन्धन नियुक्ति गरेको भएपनि झाले बुझाएको १० वर्षे अनुभवन पत्र भने फर्जी थियो । फर्जी अनुभव पत्र पेश गरेको मन्त्रालयमा निकै चर्चा चलेको भएपनि मन्त्री सिंहले आर्थिक प्रभावमा परेर उसैलाई नियुक्ति गर्न सफल भएका थिए ।

यो पनि बढ्नुस्

दुग्ध विकास संस्थानको महाप्रवन्धकको मूल्य ५० लाख

मार्केटिङ्ग विभागमा रहँदा पनि विवादमा रहेका झा महाप्रवन्धक भएसँगै भारतबाट धूलो दूध आयात गरी नेपाली किसानलाई भने दुधको मूल्य भुक्तानी रोेकेर बसेका थिए । उनी आएदेखि किसानहरुले कहिल्यै पनि आफूले खरिद गरेको दूधको मुल्य पाएका थिएनन् । पछिल्लो तथ्यांक अनुसार संस्थानले किसानहरुको ८५ करोड रुपैयाँ तिर्न वाँकी छ । त्यही किसानलाई उपलब्ध गराउनु पर्ने रकम मध्ये १७ करोड रुपैयाँ त झाले आफ्नो व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको खुल्न आएको छ ।

झा नियुक्ति भएर आउनु अघिसम्म धेरै नाफा कमाउन नसकेपछि घाटा नव्यहोरेको दुग्ध विकास संस्थान झाले नियुक्ति पाएकाको करीव दुइ वर्षमा नै ९७ करोड घाटामा गएको देखिन्छ । दूध वेचेको १७ करोड व्यक्तिगत प्रयोग गरिएको भेटिएपछि मन्त्री भुसालले निलम्वन गर्नु पर्ने झालाई मन्त्रालय तानिएको छ ।

 

प्रकाशित मिति: मङ्लबार, पुस २४, २०८०