मङ्लबार, चैत्र ६, २०८०

हाम्रो बारेमा

नेपालको कृषि क्षेत्रले कूल ग्रार्हस्थ उत्पादनमा करीव ३३ प्रतिशतले योगदान पु¥याएको देखिन्छ । अनि नेपालको कूल जनसंख्याको करीव ६५ प्रतिशत जनता कृषि पेशामा संलग्न भएका छन् । तर कृषि क्षेत्रको विकास र परिवर्तनका लागि सञ्चार माध्यमहरुले खेल्नु भूमिका महत्वपूर्ण हुँदा हुँदै पनि नेपालभरबाट प्रकाशन हुने सञ्चार माध्यमहरुले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिंदैन ।
जसरी राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको देखिंदैन त्यसैगरी सञ्चार माध्यमहरुले पनि कृषिलाई प्राथमिकतामा नराखिरहेको अवस्थामा नेपाली कृषि क्षेत्रको विकास र परिवर्तनका लागि सञ्चार वकालत गर्ने सोच र उदेश्यले कृषि र त्यससंग सरोकार राख्ने क्षेत्र पशुपन्छी, सिंचाई, भूमि जस्ता विषयलाई मात्र समाचार बनाउने नीति सहित नेपालको पहिलो डिजिटल पत्रिकाका रुपका कृषि अनलाईन सञ्चालन गरिएको हो ।
कृषि अनलाईन विषयगत हिसावले कृषिको विषयमा पहिलो अनलाईनका रुपमा सन् २०१३ नोभेम्वर ७ का दिन स्थापना भएको हो । यसले कृषि क्षेत्रमा भएका विभिन्न गतिविधि, किसानहरुले पाउनु पर्ने सेवा सुविधा, कृषि क्षेत्रमा देखिएका समस्या एवं विकृति र विसंगतिलाई समेत आम किसान र कृषिसँग सरोकार राख्ने व्यक्तिसँगसंस्थासम्म पु¥याउने दीर्धकालिन सोच लिएको छ ।

सूचना विभाग दर्ता नं. २६९/०७३-७४

कृषि अनलाईन प्रकाशनमा संलग्न समूह

Hima (Swasti) Paudel  
Manager Director/ Chief Editor

Yogendra Pratap Shahi
Chief  Operation Officer (COO)

Shiva Pandey
Sr.Reporter

Dhirendra Basnet
Reporter

Country Representative
Tank Neupane – USA
Samser Bhandari – Japan
Bharat Jung Rana – Australia
Lokesh Shah- India