आइतवार, बैशाख १६, २०८१

कृषि यन्त्र उपकरणमा किसान मोह, प्रदर्शनीको दोश्रो दिन पोखरामा भीड (फोटो फिचर)

काठमाडौँ । कृषि यन्त्र उपकरण प्रति किसानहरुको आकर्षण बढ्दै गएको छ भन्ने कुराको पुष्टि पोखरामा जारी नेपाल कृषि मेशिनरी व्यवसायी संघले आयोजना गरेको प्रादेशिक कृषि यान्त्रिकरण प्रर्दशनीले पुष्टि गरिदिएको छ ।

शुक्रबारबाट पोखराको प्रर्दशनी स्थलमा गण्डकी प्रदेश स्तरीय यान्त्रिकरण प्रर्दशनी २०८० गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्रीले उद्घाटन गरेका थिए । पहिलो दिनबाट किसान स्थानीयवासीहरुको उत्साहजनक उपस्थितिलिे आयोजकलाई पनि उत्तिकै उत्साह थपेको देखिन्थ्यो ।

पहिलो दिन जुन उत्साह थियो सोही बमोजिम दोश्रो दिन प्रर्दशनी स्थलमा भीड बढेको थियो । किसानहरुको भीडलेले प्रर्दशनी ऐतिहासिक नै बन्न पुगेको छ । प्रदेश स्तरीय पहिलो कृषि यान्त्रिकरण प्रर्दशनी पोखरामा हालसम्म भएका प्रर्दशनीहरुको तुलनामा निकै र व्यवस्थित, भव्य रहेको अवलोकर्ताहरुको भनाई छ ।

अन्य प्रर्दशनीहरु छरप्रष्ट, अस्तव्यस्त देखिने गरेको भएपनि राज्यले सकारात्मक रुपमा हेर्न नसकेको कृषि यान्त्रिकरण मेला भने निकै नै उत्कृष्ट भएको प्रदर्शनी स्थलका पुगेका पोखरा महानगरपालिकाका जनप्रतिनिधिहरुको भनाई छ । पोखरा महानगरपालिका प्रदर्शनीका लागि सहयोग गरेको थियो ।

आईतबारसम्म चल्ने सो प्रदर्शनीका कृषिका लागि आवश्यक साधारण यन्त्र उपकरणदेखि ट्रयाक्टर, मिनी टिलर, पावर टिलर लगायत एक हजार भन्दा बढीका उपकरण प्रदर्शनीमा राखिएका छन् । किसानहरुले आफूलाई आवश्यक कृषि यन्त्र खरिदका साथै माग समेत गर्न सक्ने व्यवस्था छ ।

प्रकाशित मिति: शनिबार, पुस २१, २०८०