आइतवार, बैशाख १६, २०८१

मन्त्रालय तानिएका डिडिसीका महाप्रवन्धक सञ्जिव झा मन्त्री विरुद्ध विष वमन गर्दै

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको दुग्ध विकास संस्थानका महाप्रवन्धक सञ्जिव झाले दुग्ध विकास संस्थान नै सिध्याउने किसिमले करोडौं अपचलन गरेको भन्दै मन्त्रालयले महाप्रवन्धकबाट बर्खास्त गरी मन्त्रालय झिकाएको थियो । मन्त्रालयमा काज जसरी आएका झा अहिले कृषि मन्त्री बेदुराम भुसाल र उनको सचिवालय विरुद्ध विष वमन गरिरहेका छन् । दुग्ध विकास संस्थामा बजार प्रमुख हुँदाखेरी नै आर्थिक चलखेल गर्दै आएका झाले अहिले मन्त्री र मन्त्रीका सचिवालयले आफूलाई विवादमा तानिरहेको भन्दै तालुक निकाय मन्त्रालयका विपक्षमा अभिव्यक्ति दिन थालेका छन् ।

झाले किसानलाई दूध खरिद गरे वापत दिनु पर्ने करोडौं भुक्तानी रोकेर व्यक्तिगत प्रयोगमा लगाएको आरोप छ । हुन त झाले तात्कालिन मन्त्री मृगेन्द्र सिंह यादवलाई आर्थिक प्रभावमा पारेर महाप्रवन्धक बन्न सफल भएका थिए । उनले महाप्रवन्धक पदका लागि आवश्यक कागजात पेश गर्दा समेत झुठा कागजात पेश गरेका छन् । त्यसबेला उनले पेश गरेको १० वर्षे अनुभव पत्रको विषयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चर्चा चलेको भएपनि मन्त्री यादवकै कारण त्यसलाई दवाएर उनलाई नियुक्ति गरिएको थियो ।

जव दुग्ध विकास सस्थानमा झालाई महाप्रवन्धक बनाईयो त्यसपछि संस्थान ओरालो लाग्न शुरु भएको हो । विगतमा किसानहरुलाई जुन किसिमले भुक्तानी दिने गरिन्थ्यो सो प्रक्रिया नै आफ्नो नियन्त्रणमा लिएका थिए । झाले आफू सोही कार्यालयको बजार प्रमुखबाट खुल्ला प्रतिष्पर्धामा महाप्रवन्धक भएको भन्दै चार वर्षे कार्यकाल सकिएपछि पुन ः विगतकै बजार प्रमुखको पदमा गएर जागिर खाने सोचले पदको दुरुपयोग गर्दै कर्मचारी नियमावली नै संशोधन गर्न सफल भएका थिए ।

विगतलाई हेर्ने भने दुग्ध विकास संस्थानको महाप्रवन्धकको चार वर्षे कार्यकाल हुने भएकाले जति नै दुष्कर्म र संस्थान डुवाउने काम गरे पनि मन्त्रालयले निलम्वन वा बर्खास्त गर्दा अदालतबाट ‘स्टे’ अर्डर ल्याएर पुन पदमा बस्ने परिपाटी भएकाले मन्त्रालयमा विज्ञका रुपमा काजमा तान्ने परम्परा नै बसेको छ ।

यस अघिका महाप्रवन्धक गंगा तिमल्सेनालाई पनि तात्कालिन मन्त्रीले यसै गरी दुध विज्ञका रुपमा मन्त्रालय तानेको देखिन्छ । त्यस्तै कृषि मन्त्री हरिप्रसाद पराजुली हुँदा नार्कका कार्यकारी निर्देशकलाई पनि विज्ञ भन्दै मन्त्रालय ताने पछि उनीहरुले राजीनामा दिएका दिए
अहिले भ्रष्ट र निजी डेरीहरुको स्वार्थमा काम गरिरहेका महाप्रवन्धक सञ्जिव झालाई पनि मन्त्री बेदुराम भुसालले सोही परम्परालाई सम्हालेको मात्र देखिन्छ । नैतिकताका आधारमा भन्ने हो भने महाप्रवन्धक झाले राजीनामा दिनु पनेमा उल्टै मन्त्री र मन्त्रीका सचिवालयमाथि विष वमन गरिरहेका छन् ।

यसको मतलव मन्त्रीका सचिवालय निष्पक्ष छ भन्ने हुँदै होइन । सचिवालयका केही व्यक्तिहरु सरुवा बढुवा या यस्तै यस्तै काम गरेर कमाउ धन्दामा लागेको पनि देखिन्छ ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०८०