शनिबार, बैशाख ८, २०८१

दुग्ध विकास संस्थानको महाप्रवन्धकको मूल्य ५० लाख

काठमाडौं । यतिखेर दूधको मूल्य बृद्धि भएसँगै दुध बेच्ने सरकारी अखडा दुग्ध विकास संस्थानको रिक्त महाप्रवन्धक पद हासिल गर्नका लागि पनि मूल्य बृद्धि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चर्चा चल्न थालेको छ । दुग्ध विकास संस्थानको खुल्ला महाप्रवन्धक पदका लागि ७ जना सामेल भएको भएपनि त्यसमध्येबाट रकम बढाबढीमै महाप्रवन्धक तोक्ने तयारी गरिएको छ ।

अहिले दुग्ध विकास संस्थानको महाप्रवन्धक पदका लागि आवेदन परेका ७ प्रतिष्पर्धीहरु मध्ये राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक बाबुकाजी पन्त र दुग्ध विकास संस्थानमा नै कार्यरत सञ्जिव झा वीच कडा प्रतिपष्र्धा देखिएको छ । यो प्रतिष्पर्धामा सामेल भएका डा. नरेशकुमार शाह सप्तरी, राम सोभित यादव सिरहा, सञ्जिव झा सर्लाही, राजेन्द्रराज वस्ती गोरखा, राजेन्द्रप्रसाद अधिकारी चितवन, लोकबहादुर खड्का खोटाङ र बाबुकाजी पन्त गोरखा मध्ये पन्त र झा सक्रिय मैदानमा उत्रिएका छन् ।

महाप्रवन्धक पदका लागि निवेदन दिएकाहरु मध्ये अहिले बढी चर्चा पन्त र झाको रहेको छ । पन्त डेरी क्षेत्रमा राम्रै अनुभव भएका व्यक्तिका रुपमा चिनिएका छन् भने उनी हाल बोर्डमा करीव अवकाश प्राप्त हुने बेलाका कर्मचारी पनि हुन् । त्यस्तै झा भने करीव ८ वर्ष अघि दुग्ध विकास संस्थानमा नै शाखा अधिकृतका रुपमा प्रवेश गरेका कर्मचारी हुन् । हाल अनगुमन तथा बजार विभागमा कार्यरत उनले सँधै निमित्तका रुपमा नै जिम्मेवारी सम्हालिरहेका छन् ।

यद्यपी वर्तमान सरकार साझेदार राजनीतिक दल निकट रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई निकट मानिएका गोरखाका बाबुकाजी पन्त भन्दा सर्लाहीका सञ्जिव झा नै सवैभन्दा जुनियर र सो पदका लागि शक्तिशाली देखिएका छन् । साम दाम सवै प्रयोग गर्न सक्ने झा अहिले मन्त्री र उनको सचिवालयको आँखामा परेको देखिन्छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रीका पिए बसेकालाई राम्रै नजराना चढाउन सफल झा नै महाप्रवन्धक हुने करीव पक्का पक्की भएको छ ।

उनले महाप्रवन्धक पद करीव ५० लाखमा खरिद गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा चर्चा थलेको छ । चैत ७ गते सातै जनाले महाप्रवन्धकका लागि आफ्नो योजना सहितको कार्यपत्र पेश गरिसकेकाा छन् । त्यसबाट १ जना महाव्रवन्धक नियुक्तिका लागि ५० लाख मुल्य तोकिएको छ ।

जसमध्ये सिफारिस हुन अगाडि २५ लाख बुझाउन सक्यो त्यही नै भाग्यमानी हुने देखिन्छ । कृषि तथा पशुन्छविकास मन्त्रालय श्रोतका अनुसार ५० लाखको महाप्रवन्धक बन्ने भाग्यमानी सञ्जिव झा देखिएका छन् । उनले २५ नगर २५ उधारो गनेृ सहमति समेत जनाईसकेका छन् ।

प्रकाशित मिति: मङ्लबार, चैत्र १५, २०७८