बिहिबार, बैशाख २७, २०८१

आफु काम गर्न नसक्ने कृषि मन्त्री ज्वालाकुमारीको कर्मचारीमाथि आक्रोश

काठमाडौं । तेश्रो पटक कृषि मन्त्री बन्न पाएकी भाग्यमानी नेतृ हुन् ज्वालाकुमारी साह । जसले एउटै मन्त्रालयमा तीनपटक सम्म जिम्मेवारी सम्हाल्ने मौका पाईन् । माओवादी नेतृ ज्वालाकुमारी साहले एमालेमा प्रवेश गरेर पहिलो पटक कृषि मन्त्री बन्न सफल भएकी थिईन तर धेरै दिन उनको कुसी जोगिन सकेन । दोश्रो पटक मन्त्री बनेको पनि उस्तै हवितग भयो । तेश्रो पटक मन्त्री बनेपछि पनि उनको अवस्था उही हुने हो कि भन्ने चर्चा नचलेको भने होइन ।

अहिले माओवादी नेतृत्वको सरकारमा एमाले सम्मिलित हुन पाएकाले मात्र उनी कृषि मन्त्री हुन पाएकी हुन् । तेश्रो पटक कृषि मन्त्री बन्दा पनि साहको भूमिका मन्त्रीको भन्दा पनि अर्कै के जस्तो भएको आरोप लागेको छ । किसानका लागि गर्नुपर्ने काम कृषि मन्त्रीले गर्नै सकेकी छैनन् । मन्त्रालयका धेरै कार्यालयहरु निमित्तका भरमा चलिरहेका छन् । तर मन्त्रीले चासो नदिएको हो वा हिसाव किताव नमिलेर हो थम्याउनै गाह्रो भएको छ ।

आफू मातहतमा रहेको चिया तथा कफी विकास बोर्डको कार्यरकारी निर्देशक रिक्त भएको महिना दिन वितिसक्न लाग्यो तर कार्यकारी निर्देशकका लागि नयाँ प्रक्रिया अझै बढ्न सकेको छैन । तर उनै अध्यक्ष भएको बोर्डले आयोजना गरेको चिया दिवसको कार्यक्रममा भने उनले निकै नै आक्रोश व्यक्त गरेकी छिन् ।

बोर्डले उदेश्य अनुरुप काम गर्न नसकेको भन्दै रुष्ट बनेकी मन्त्री साहले कार्यकारी निर्देशक चयनका लागि किन ढिला गरेकी होलिन् सोच्न ? बोर्डले काम गरेको छैन । काम गर्न सकेन वा कर्मचारीतन्त्रले भत्ता र आफ्नो सेवा सुविधामा मात्र लिप्त भएको भन्दै आक्रोशित हुने मन्त्रीले बोर्डको आवश्यकता नै छैन भन्दिए भैगो नि त ? कर्मचारी पाल्नका लागि मात्र हो भने बोर्डको के काम छ र ?

मन्त्री साहले ६० हजार किसानहरुल्े चिया तथा कफी क्षेत्रका संलग्न रहेको भएपनि मन्त्रालयमा बसेर किसानका लागि किन काम गर्न सकिनन् भन्ने प्रश्न यतिखेर उब्जिएको छ । किसानका लागि भन्दा चिया तथा कफीका व्यापारीका फाइदाका लागि काम गर्ने कृषि मन्त्रीले भाषणमा आक्रोश पोख्नुको के अर्थ हुन्छ र ?

तीन पटक कृषि मन्त्री बन्न सफल भएकी ज्वालाकुमारी साहले नेपाल चिया विकास निगमले राज्यका सम्पत्तिमा गरेको दोहनका बारेमा पनि चासो राख्ने हो भने चिया किसानले पाउनु पर्ने भुक्तानी र सरकारले पाउनु पर्ने जग्गाको भाडा समयमा नै पाउँथे कि ?

प्रकाशित मिति: शनिबार, बैशाख १५, २०८१