आइतवार, बैशाख ३०, २०८१

कृषि सामग्री कम्पनीका प्रवन्ध सञ्चालक पोखरेललाई निरन्तरताको आदेश

काठमाडौं । कृषि सामग्री कम्पीनका प्रवन्ध सञ्चालक विष्णुप्रसाद पोखरेललाई उच्च अदालतले निरन्तर काम गर्ने आदेश दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको कृषि सामग्री कम्पनीको प्रवन्ध सञ्चालक पदमा खुल्ला प्रतिष्पर्धाका माध्यमबाट गत माघ १८ गते नियुक्ति पाएका पोखरेलको नियुक्तिको विषयलाई लिएर सोही पदको प्रतिष्पर्धामा रहेका रामचन्द्र ढकालले नियुक्ति रोक्न माग गर्दै मुद्दा दायर गरेका थिए ।

सोही मुद्दाका आधारमा उच्च अदालत पाटनले फागुन ६ गते नियुक्ति रोकी अर्को व्यवस्था नभएसम्म यथास्थितिमा राख्ने आदेश गरेको थियो । सोही अनुरुप कम्पनीको सञ्चालक समितिले फागुन ९ गते पोखरेलको नियुक्त पूर्वकै जिम्मेवारी दिएको थियो । सो निर्णयका विपक्षमा समेत ढकाल अवहेलना मुद्दा दायर गर्न पुगेको थिए ।

तर उच्च अदालत पाटनले बैशाख १२ गते उत्पे्रषणुक्त परमादेश मुद्दामा रिट खारेज हुने आदेश गरेको थियो । सोही फैसला बमोजिम कम्पनी सञ्चालक समितिको वैशाख १६ गते बसेको वैठकले विष्णु प्रसाद पोखरेललाई प्रवन्ध सञ्चालक पदमा गरिएको नियुक्तिलाई निरन्तरता दिने निर्णय गरेसँगै पोखरेललाई माघ १८ गते गरिएको नियुक्तिलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।

समितिको निर्णय बमोजिम नै पोखरेलले प्रवन्ध सञ्चालक पदमा आईतबारबाट पुन जिम्मेवारी सम्हालेका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख १६, २०८१