बिहिबार, बैशाख २०, २०८१

उन्नत प्रविधिको प्रयोगले देशलाई समृद्ध बनाउन सकिन्छ : मन्त्री लेखी

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले कृषि तथा पशुपालन क्षेत्रमा आएको उन्नत प्रविधिको प्रयोग गरी प्रदेश तथा देशलाई समृद्ध बनाउन सकिने बताएका छन्।

कोशी प्रदेशको मोरङ्गको कटहरी गाउँपालिकाबाट कृषि अवलोकन भ्रमणका लागि भारतबाट फर्किएका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भेटघाट गर्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।

कृषि अवलोकन भ्रमणबाट सिकेका नयाँ कुरा एकअर्कामा साटासाट गर्दा प्रदेशसहित देशभरिका किसानलाई फाइदा पुग्ने बताए । उनले अन्तरप्रदेश भ्रमणले समेत आन्तरिक पर्यटन प्रवर्द्धनका साथै सकारात्मक सिकाइका अनुभव साटासाट हुने र यसले दुवै ठाउँको विकासमा मद्दत पुग्ने बताए ।

सो टोलीसँग गृह, सञ्चार तथा कानुनमन्त्री लेखीले चाँडै कोशी प्रदेशमा भ्रमण गर्ने बताउँदै कोशी प्रदेशमा भएका राम्रा अभ्यास मधेश प्रदेशमा ल्याएर यस ठाउँको विकास गर्न चाहेको बताउनुभयो । मन्त्री लेखीले शिक्षा, पर्यटन तथा कृषि समृद्धिको आधार भएकाले मधेश प्रदेशले तीनै विषयलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिए ।

भेटको क्रममा कोशी प्रदेशको कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरीले आफूहरूले भारतसहित नेपालका विभिन्न भागमा कृषि क्षेत्रमा भएको सकारात्मक अभ्यासबारेमा अवलोकन भ्रमण गरेर आफ्नो पालिकामा लागु गर्ने मन्त्री लेखापालसँग जानकारी गराए ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २७, २०८०