बिहिबार, बैशाख २०, २०८१

मन्त्रीलाई कृषि मेशिनरी संघद्धारा १४ बुँदे ज्ञापन पत्र पेश

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री ज्वाला कुमारी साहलाई नेपाल कृषि मेशिनर व्यवसायी संघले १४ बुँदे ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष कृष्ण शर्माको नेतृत्वमा गएको कार्यसमिति सदस्य सहितको प्रतिनिधि मण्डलेले मन्त्री साहलाई सो ज्ञापन पत्र बुझाएको हो ।

मेशिनरी व्यवसायी संघको ज्ञानप पत्र बुझ्दै मन्त्री साहले संघले माग सहित पेश गरेको ज्ञापन पत्रका उल्लेखित बुँदाहरुलाई सम्वोधन गर्न पहल गर्ने बताईन् ।
बदलिंदो परिवेशसँगै कृषि यान्त्रिकरण तथा प्रविधिको प्रयोग बिना कृषिबाट अपेक्षित लाभ लिन नसक्ने भएकोले सो क्षेत्रलाई सरकारले प्राथमिकता राख्ने, बजेटमा बृद्धि गर्न मन्त्रीलाई आग्रह गरिएको महासचिव अर्जुन लुईटेलले जानकारी दिए ।
संघले मन्त्री साहलाई कृषि यान्त्रिकरण प्रविधिलाइ महत्वपूर्ण कृषि इनपुटको ( Agriculture input ) रुपमा राख्नु पर्ने, कृषि यन्त्र र उपकरणहरुको प्रदर्शन गर्न र यस सम्वन्घि तालिम प्रदान गर्न आवास सहितको राष्ट्रिय स्तरको प्रदर्शनी तथा तालिम केन्द्र निर्माण गर्नु पर्ने माग गरिएको छ ।
त्यस्तै ज्ञापन पत्रमा कृषि यान्त्रिकीकरणको विकाशको लागी नेपाल सरकार अन्तरगत छुट्टै केन्द्रको स्थापना गर्नु पर्ने, सार्वजनीक नीजी साझेदारी ( PPP Model ) को विकाश साथै अध्ययनमा जोड दिनु पर्ने, स्वदेशी उत्पादनलाई प्रोत्साहनको नीति ल्याउनु पर्ने, कृषि सामग्रीमा भन्सारमा छुट गर्नु पर्ने, गुणस्तर र मापदण्डमा एकरुपता कायम गर्दै प्रमाणीकरण गर्नु पर्ने समेत उल्लेख गरिएको छ ।

भू उपयोग निती कार्यानवयनमा ल्याउनु पर्ने, किसानले यन्त्र, उपकरण, प्रविधिहरु आपैm छान्न पाउनु पर्ने, यन्त्र तथा प्रविधिलाई सरोकारवाला संग सहकार्यमा बीमा तथा वित्तीय सुविधाको लागी पहल गरिनु पर्ने, एक पालिका, एक वर्कशप, एक पालिका एक नर्सरी घर, महिला र जलवायु मैत्री कृषि यान्त्रिकरण प्रविधिमा जोड दिनु पर्ने, यान्त्रिकरण प्रविधिको लागी छुट्टै बजेट विनियोजन गर्नु पर्ने जस्ता माग संघले मन्त्री साहलाई राखेको हो । – अम्विका भण्डारी 

प्रकाशित मिति: सोमवार, चैत्र २६, २०८०