मङ्लबार, बैशाख १८, २०८१

अनुदानमा अनियमितता गरेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलवस्तुका तीन जना विरुद्ध सर्वोच्चमा मुद्दा

काठमाडौं । बाख्रा पालन कार्यक्रममा अनुदान रकम वितरण गर्ने क्रममा खोर निर्माणको अनुदानमा भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुन्धान आयोगले भेटेरिनरी अस्पपताल तथा पशु सेवा विााज्ञ केन्द्र कपिलवस्तका मत्स्य विकास अधिकृत सुरेन्द्र प्रसाज भुज, पशु चिकित्सक डा रुप नारायण श्रेष्ठ र पशु विकास अधिकृत डा सोहन गुप्तालाई सर्वोच्च अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा यी तीनै जनालाई विषेश अदालतमा मुद्धा दायर गरेको थियो । विशेष अदालतको फैसलाबाट समेत चित्त नबुझेपनि आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका यी तनि कर्मचारीलाई सर्वोच्चमा मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएका सुरेन्द्र प्रसाद भुज, डा.रुप नारायण श्रेष्ठ र डा।. गुप्ताले नव प्रगतिशिल बहुउद्धेश्यीय कृषक समूहबाट खोर निर्माण तथा बाख्रा खरिद कार्यको निरीक्षण गरि सो को यथार्थ प्रतिवेदन नदिई समूहले बाख्रा खरिद नै नगरेको, खोर निर्माण पनि नगरेको अवस्थामा खोर निर्माण कार्य तथा बाख्रा समेत खरिद गरेकोले अनुदान रकम भुक्तानी दिन उपयुक्त देखिन्छ भनि गलत प्रतिवेदन दिएको पुष्टी भएको र सो प्रतिवेदनको आधारमा हुदै नभएको कामको लागि व्यक्तिगत लाभ लिएर भुक्तानी दिन लगाएकोले उनीहरुमाथि भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति: आइतवार, चैत्र २५, २०८०