शनिबार, बैशाख १५, २०८१

कमिशनका लागि दूध किसानको भुक्तानी नदिएको सांसद देवप्रसाद तिमिल्सेना आरोप

काठमाडौं । पछिल्लो समय किसानहरुले दूधको मूल्य नपाईरहेको बेला संघीय संसदको वैठकमा नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्ने क्रममा सांसदा तिमिल्सेनाले विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न रहेको आरोप लगाएका हुन् ।
कांग्रेस सांसद तिमिल्सिनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।

प्रकाशित मिति: सोमवार, चैत्र ५, २०८०