शनिबार, बैशाख २२, २०८१

श्रीनगर र बागमती प्रदेश कृषि सहकारी संघ वीच सम्झौता

काठमाडौं । किसानलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गरी श्रीनगर एग्रिटेकले बागमती प्रदेश कृषि सहकारी संघसँग सम्झौता गरेको छ । बागमती प्रदेशमा रहेको विभिन्न कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सेवा पु¥याउने उदेश्य अनुरुप प्रदेश सहकारी र श्रीनगरवीच सम्झौता भएको हो ।

सम्झौतामा ग्रामीण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम संचालन गर्ने, वित्तिय पहुँच तथा बजारिकरणमा मद्दत गर्ने उल्लेख गरिएको छ ।

सम्झौता कार्यक्रममा श्रीनगर एग्रिटेकका प्रमुख सतीश चन्द श्रेष्ठले वाग्मती प्रदेश कृषि संग र यससंग आवद्ध साना किसान संस्थाका सदस्यहरूसँगको सम्झौता नयाँ मोडेलमा आधारित रहेको बताए । “श्रीनगरले गुणस्तरीय वस्तु र सेवा उपलब्ध गराउनेमा कुनै सम्झौता गर्ने छैन” श्रेष्ठ बताए । श्री साना किसान कृषि केन्द्र मार्फत किसानलाई आवश्यक कृषि सामाग्री उपलब्ध गराएर किसानलाई उद्यमी बनाउनु नै श्रीनगरको उद्देश्य रहेको समेत उनले बताए ।
श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकिकृत सेवामा जुट्दै आएको छ । श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ ।

प्रकाशित मिति: सोमवार, बैशाख १०, २०८१