मङ्लबार, बैशाख २५, २०८१

सम्पादक भण्डारीलाई हर्टिकल्चर एक्स्पोमा सम्मान

काठमाडौं । काठमाडौको भृकुटीमण्डपमा जारी नेशनल हर्टिकल्चर एक्स्पो २०८० मा कृषि अनलाईनका सम्पादक वैकुण्ठ भण्डारीलाई सम्मान गरिएको छ । नर्सरी व्यवसायी संघ नेपालद्धारा आयोजित एक्स्पोमा वन तथा वातावरण मन्त्री नवल किशोर साह सुडीले नगर सहित भण्डारीलाई सम्मान गरेका हुन् ।

दुईदशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय भण्डारी एक दशकभन्दा बढीदेखि निरन्तर कृषि क्षेत्रमा कलम चलाउँदै आईरहेको छन् । कृषि क्षेत्र र कृषि उद्यमीको उन्नयनको लागि अविछिन्न रुपमा नीति गत बहस होस् वा कृषि उद्यमीलाई परेको समस्याको बारेमा समस्याको समाधान सहित राष्ट्रिय रुपमा आवाज उठाई योगदान गरेका कारण संघले भण्डारीलाई सम्मान गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत्र १६, २०८०