शनिबार, बैशाख १५, २०८१

महानिर्देशकले प्रयोग गर्ने सरकारी निवास सचिव पौडेलको कब्जामा

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुसेवा तर्फका सचिव डा रेवतीरमण पौडेल कृषि विभागमा महानिर्देशक हुँदा प्रयोग गरेको सरकारी क्वाटर अहिलेसम्म कब्जा गरिरहेका छन् । किर्तिपुर बागबागी केन्द्रमा रहेका सिङ्गै घर सरकारी निवास लामो समयदेखि उनले पञ्जाबाट बाहिर आउन दिएका छैनन । उनले करीव ४ वर्षदेखि सो भवन प्रयोग गरिरहेका छन् ।

विगतका कृषि विभागको महानिर्देशकका लागि सो क्वाटर उपलब्ध गराउँदै आईरहेको थियो । उनी कृषि विभागको महानिर्देशक हुँदा लिएको सो सरकारी भवन अहिले सचिव हुँदासम्म छाडेका छैनन् । वर्तमान सचिव पौडेल त्यसबेला सहसचिव हुँदा महानिर्देशकको पद सम्हाले लगतै सो क्वाटर आफ्नो मातहतमा राख्न लगाएका थिए । अहिलेसम्म पनि सो भवन छाड्न मानेका छैनन् । सो भवन बागवानी केन्द्रले छाड्न पटक पटक आग्रह गरेको भएपनि कर्मचारीालाई कार्यसम्पादन मूल्यांकन घटाइदिने भन्दै नछाड्ने अडानमा छन् ।

उनले सो सरकारी भवनलाई आफ्नो निजी जस्तै जस्तै गरे कब्जा गरिरहेका छन् । पौडेल केही समय महानिर्देशक भए र सरुवा भई लुम्विनी प्रदेशको मन्त्रालयमा सरुवा भएर गए । तर उनले क्वाटर छाडेनन् । एक वर्ष प्रदेश सचिव हुँदा क्वाटर नछाडेका पौडेलले त्यसपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सहसचिवका रुपमा सरुवा भएर आएपछि त क्वाटर छाड्ने कुरै भएन । उनले महानिर्देशकले पाउनु पर्ने क्वाटर अरुलाई दिँदै दिएनन् तालावन्दी गरेर राखे । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा भित्र भित्रै सरकारी क्वाटर दुरुपयोग गरेका चर्चा चलेपनि बाहिर खुलेर बोल्न नै सकेनन् । कृषि मन्त्रालयमा सहसचिवका रुपमा जिम्मेवारी सम्हाल्दा पनि उनले त्यही क्वाटर लिएर बसे ।

पछि उनी वन तथा वातावरण मन्त्रालयमा सचिव पद रिक्त भएपछि वरियताका क्रममा कायममुकायम सचिवका उता सरुवा भए । तर पनि उले कृषि कृषि को सो क्वाटर छाडेनन् । केही समय पछि उनली पूर्ण रुपका सचिव भएर बन मन्त्रालयमै काम गरिरहँदा पनि कृषि मन्त्रालय मातहतको क्वाटरमा रजाइँ गरिनै रहे ।

वन मन्त्रालयको सचिवमा रुपमा रहँदा कृषिको क्वाटर कब्जा गरेको विषयमा पौडेलसँग जिज्ञासा राख्दा उनले केही दिनमै क्वाटर छाड्ने जानकारी दिएका थिए । क्वाटर मोहमा रहेका पौडेलले झुठ बोले, ढाँटे तर क्वाटर भने छाडेनन ।

वन मन्त्रालयबाट सरुवा भएर उनी अहिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको पशु सेवा तर्फका सचिवमा कार्यरत छन् । मन्त्रालयको सचिव हुँदा पनि उनले महानिर्देशकले प्रयोग गर्ने भनिएको किर्तिपुर फार्मको सरकारी भवन छाडेका छैनन् । बरु उनी आगामी वैशाख २५ गते उमेर हदका कारण अवकाश हुँदै छन् त्यसपछि मात्र क्वाटर छाड्ने मनस्थितिमा पुगेका देखिन्छन् । गैरकानूनी रुपमा सरकारी भवन सचिवले लामोसमयदेखि उपभोग गर्दै आईरहेको विषयमा कृषि विभागका महानिर्देशक खासै बोल्न चाहँदैनन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अधिकारीहरु पनि यस विषयमा खुल्न चाहँदैनन् । महानिर्देशक पद छाडेको तीन वर्ष भन्दा बढी समय भइसक्दा पनि महानिर्देशकका रुपमा पाएको सरकारी भवन व्यक्तिगत प्रयोजन गरिरहेका पौडेल अहिले कृषि मन्त्रालयमा नै सचिव भएर आएपछि अरुले बोल्ने त आँट नै गर्दैनन् ।

सचिव जस्तो उच्च ओहोदामा बसेका पौडेलले सरकारी भवन नियम विपरित कब्जा गरेर बसिरहँदा पनि सरोकारावाला निकाय भने मौन देखिन्छ । सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि छानविन भने भएको देखिँदैन ।

प्रकाशित मिति: शनिबार, फाल्गुन २६, २०८०