शनिबार, बैशाख १५, २०८१

यी हुन् दूधको भुक्तानी नदिने किसानमारा डेरी उद्योगहरु

काठमाडौं । कृषि प्रधान देशका किसानहरु हरेक वर्ष जसो यो वा त्यो नाममा दूध पोख्न वाध्य भएका छन् । किसानहरुले दूध पोख्नु पर्ने वाध्यतामा राज्य कहाँ चुकेको छ भन्ने कुरामा कसैले पनि चासो लिएको भने छैन । किसानहरुलाई अवौं रुपैयाँ दिन वाँकी छ । सरकारी कम्पनी दुग्ध विकास संस्थानले मात्र त्यत्रि ठूलो रकम दिन वाँकी भने होइन । सरकारी संस्थान दुग्ध विकास सस्थान भन्दा पनि निजी डेरी उद्योगहरुले अझ बढी रकम किसानहरुलाई भुक्तान गर्नु पर्ने देखिन्छ ।

केही दिन अघि सरकारले चैत २१ गते भित्र किसानहरुको दूधको रकम भुक्तानी गर्न निर्देशन दिएका छन् । तर २१ गते भित्र किसानहरुको दूधको मूल्य भुक्तानी गर्न सहमति गर्नेहरुले नै सवैभन्दा बढी रकम किसानलाई भुक्तानी गरेको देखिँदैन ।

सरकारी दुग्ध विकास संस्थानले बजेट अभाव भएको भन्दै दूधको रकम भुक्तानी उपलब्ध गराएको छैन भने निजी डेरीहरुले रकम भएर पनि किसानहरुलाई भुक्तानी नदिएका हुन् । किसानहरुलाई अवौं रुपैयाँ भुक्तानी नगरी ठूलो डेरीका साहुहरु भने मस्त मारिरहेका छन् । तर किसानहरु गाईभैसीलाई दाना ख्वाउने भैसा नभएर छटपटिनु परेको अवस्था छ ।

किन दिन चाहँदैनन भुक्तानी डेरी उद्योगहरु
आफूलाई ठूलो डेरीको दर्जामा राख्ने दुई दर्जन निजी डेरी उद्योगीहरुले किसानहरुलाई करीव ३ अर्वभन्दा बढी रकम दिन वाँकी रहेको नाम नबताउने शर्तमा एक डेरी उद्योगीले कृषिलाई जानकारी दिएका छन् राष्ट्रिय दुग्ध विकास बोर्डले निजी डेरीहरुलाई आफूसँग रहेको सामान व्लक कति तथ्यांक माग्दा पनि उनीहरुले हालसम्म दिएका छैनन । तर उनीहरु धूलो दूध र बटर स्टक रहेकाले भक्तानी दिन नसकेको भन्दै आलटाल गरिरहेका छन् । उद्योगीहरुले किसानहरुलाई दिनु पर्ने रकम अन्य क्षेत्रमा लगानी गरेका कारण भुक्तानी दिन चाहँदैनन् ।

यी हुन् किसानलाई भुक्तानी नदिने डरी उद्योगहरु

सुजल डेरी, पोखार, हेटौडा डेरी मकवानपुर, चितवन डेरी, चितवन, ग्लोवल डेरी अर्घाखाँची, सिताराम डेरी काठमाडौं, राजधानी डेरी, ललितपुर, संयुक्त डेरी ललितपुर, नवप्रभात डेरी ललितपुर, खरिपाटी डेरी भक्तपुर कालिका डेरी, भक्तपुर, मोर्डन डेरी, भक्तपुर, सैंजु डेरी, भक्तपुर, नेपाल डेरी काठमाडौं, काठमाडौं डेरी काठमाडौं, मार्टिन डेरी काठमाडौं, आधुनिक डेरी काठमाडौं, हिमालय डेरी, काभ्रे, शुभारम्भ डेरप् काभ्रे, अनुप डेरी, काभ्रे, मनकामना डेरी, काभ्रे, सुयोैदय डेरी इटहरी, रितिका डेरी झापा कामधेनु डेरी इटहरी, एनएमसी डेरी धरा रहेका छन् ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन २४, २०८०