शनिबार, बैशाख १५, २०८१

मतिनाको खराव मति, जताततै खती नै खती

काठमाडौं । महिला सहसचिव आर्थिक अनियमिताबाट टाढै रहन्छन् भन्ने भ्रमलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक मतिना बैद्यले अझ सरल बनाईदिएकी छिन् । खाद्य तथा गुण नियन्त्रण विभागमा बसेर आफूनिकट कर्मचारीबाट कमाउधन्दामा लागेकी बैद्यले अरुले परिक्षणका लागि पठाएको स्याम्पलमा कैफियत देखिएपछि पछि कार्वाही गर्नुको सट्टा मिलेमतो गर्दै रमाउँदै आएकी छिन् ।

विभागको त कुरै छाडौं बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सचिवका रुपमा रहँदा उनले कोल्ड स्टोरको मोहले छाड्दै छाडेन । कमिशन पाउञ्जेलसम्म सव ठिक देख्ने मतिनाले कमिशन नपाएपछि फाइल नै लुकाउने समेत गर्दर्थिन् ।

बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उनी सचिव हुँदा १० वटा कोल्ड स्टोर निर्माण गर्नका लागि दिएको अनुदानको करीव ४० करोड रुपैयाँमा धेरै नै आर्थिक अनियमितता भएको छ । आफूलाई निकै नै सुशासन कायम गर्ने महिला सहसचिव भन्न रुचाउने बैद्यले ८ वडा कोल्ड स्टोर निर्माणका लािग एउटै व्याकेजमा एउटै ठेकेदारलाई सम्झौता गरेर दिएकी छिन् ।

४० करोड भन्दा माथिको कोल्ड स्टोर बनाउने जिम्म एउटै प्याकेजमा एउटै ठेकेदारलाई दिएर उनले राम्रे रकम स्टोर गर्न सफल भएको मन्त्रालयका कर्मचारी बताउँछन् । त्यत्तिमात्र कहाँ हो, दोलखाको भिमेश्वरमा बनाउन दिएको कोल्ड स्टोर डिपिआरदेखि सम्झौतासम्म गरेर करीव ३० लाख भुक्तानी दिएपछि कोल्ड स्टोर निर्माण गर्ने ठाउँ हाईटेन्सन मुनि रहेको भन्दै रकम रोक्ने काम पनि उनै मतिनाले गर्न सफल भईन् ।

मतिना बैद्य खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी महानिर्देशक हुन् । तर उनले केही समय अघि कटन क्याण्डीमा घातक रंगको प्रयोगका विषयमा पनि धेरैलाई उल्लु बनाएकी छिन् । काठमाडौं महानगरपालिकाले २०८० पुस २९ गते कटन क्याण्डीमा घातक रंगे प्रयोग भएको परिक्षण गर्नका लागि एक हजार तिरेर परिक्षण गरायो ।

परिक्षणमा कटन क्याण्डीमा अत्यधिक रसायन युक्त रंगको प्रयोग भएको पुष्टि भएपनि परिक्षण गराउने काठमाडौ महानगरपालिकालाई नै पत्तो नदिएर उनी आफैले सो विषयमा सार्वजनिक सुचना जारी गर्न सफल भईन् ।

अरुले परिक्षण गर्न ल्याएको बस्तुलाई परिक्षण पश्चात प्रतिवेदन दिने हो कि आफैले सूचना निकाले जस लिने हो । मतिनाले कटन क्याण्डीको विषयमा पनि उपभोक्ता अधिकार भन्दा बाहिर गई काम गरेकी छिन् । शुल्क तिरेर जसले परिक्षण गरायो उसले भन्दा अगाडि किन सूचना निकालिन मतिनाले भन्ने प्रश्न उब्जन थालेको छ ।

प्रकाशित मिति: आइतवार, फाल्गुन २०, २०८०