शनिबार, बैशाख १५, २०८१

११ लाख डोज लम्पी स्किन विरुद्धको भ्याक्सिन ल्याईयो

काठमाडौं । लम्पी स्किनको महामारीका कारण करीव ६५ अर्व बराबरको पशुबस्तु मरेको सरकारी तथ्यांक सार्वजनिक भईरहँदा सरकारले लम्पी स्किन महामारी रोकथाम तथा नियन्त्रण गर्नका लागि ११ लाख डोज भ्याक्सिन खरिद गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको पशु सेवा विभागको आग्रहमा नेपाल लाईभस्टक सेक्टर इनोभेसन प्रोजेक्टले सो भ्याक्सिन खरिद गरेको हो ।

विश्व वैकको ऋण सहयोगमा सञ्चालित सो परियोजनाले पशु सेवा विभागकै आग्रह अनुरुप लम्पी स्किन महामारी न्यूनिकरण गर्नका लागि ११ लाख डोज भ्याक्सिन खरिद गरिएको परियोजनाका अनुगमन तथा मूल्यांकन अधिकृत डा केशव भट्टले जानकारी दिएका हुन् । १० लाख डोज भ्याक्सिन खरिद गर्ने भनिएको भएता पनि भ्याक्सिनको माग बढेकाले ११ लाख डोज खरिद गरिएको डा भट्टले बताए ।

परियोजनाको बजेटबाट खरिद गरिएको ११ लाख डोज भ्याक्सिन आईतबार राती पशु सेवा विभागका महानिर्देशकलाई हस्तान्तरण गरिएको छ । टेण्डर प्रक्रियामा खरिद गरिएको सो भ्याकिसन सुनगाभा भेट फर्माले आयात गरेको हो ।

 

प्रकाशित मिति: आइतवार, फाल्गुन १३, २०८०