शनिबार, बैशाख १५, २०८१

कृषि मन्त्री बेदुराम भुसालको जागिरको दिनगन्ती शुरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा गठवन्धन सरकारमा समाजवादी पार्टीका तर्फबाट डा बेदुराम भुसालले जिम्मेवारी सम्हालेको करीव १० महिना वितिसकेको छ । यो अवधिमा कृषि मन्त्रीले यस क्षेत्रमा के के काम गरे भनेर हेर्ने हो भने हातमा लाग्यो शुन्य भन्दा बाहेक केही पनि देखिँदैन ।

नेपालको पशु सेवा क्षेत्रमा कालो वर्षमा रुपमा यो वर्ष रह्यो । गाईहरुमा देखिएको लम्पी स्किनबाट अर्वौंको पशुधन क्षति भयो । तर कृषि तथा पशुपन्छी विकास मन्त्रीले लम्पी स्किन रोगको तत्काल उपचार गर्न लगाउन नसक्दा लाखौ किसानहरुको करीव ६० अर्व रुपैयाँ भन्दा बढीको पशुधन क्षति भएको तथ्यांकले देखाउँछ ।
एउटा गर्भवती महिलाले १० महिनाको अवधिमा सुन्दर बच्चाको जन्म गराउन सक्छिन् । तर यो दश महिनाको अवधिमा कृषि मन्त्री बेदुरा भुसालले सिन्को पनि भाँच्न सकेनन्, बरु विवादमा मात्र मुछिए ।

नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा ४३ औं नम्वरका व्यक्तिलाई जिम्मेवारी दिएर अलोकप्रिया बन्ने मार्ग त उनले खोले नै त्यस पछि दुग्ध विकास संस्थानको महाप्रवन्धकलाई पनि मन्त्रालय तानेर अर्को समस्या पैदा गरे । मन्त्री भुसालले गरेको यी दुई मुख्य पदका व्यक्तिहरुको विषयमा अदालतबाट निर्णय उल्टियो अर्थात दुवैमा फेल भए ।

समाजवादमा विद्यावारिधी गरेका मन्त्री कृषि मन्त्रीमा असफल कार्यकाय विताउने मन्त्रीका रुपमा चिनिने संकेत त देखिएको छ नै तर पनि उनले आफूलाई लोकप्रिय कृषि मन्त्री देखाउने प्रयास नगरेका भने होइनन् । किसान माझ लोकप्रिय काम गर्न नसकेपनि आफ्नो पार्टीभित्र भने उनले निकै काम गरेको दस्तावेज समेत प्रस्तुत गरेको आरोप लागेको छ ।

समाजवादी पार्टीबाट मन्त्री भएकाहरु मध्ये भुसाललाई सिन्को पनि नभाँच्ने मन्त्रीका रुपमा पार्टीभित्र चर्चा चलाउन थालिएको छ । केही समय पछि परिवर्तन हुन लागेको मन्त्रीमण्डलका सदस्यहरु हेरफेरमा उनी पनि पर्ने निश्चित जस्तो भएको छ ।

दक्षिण एशिायाली राष्ट्रका मन्त्री तथा अधिकृतहरुको सम्मेलनमा भाग लिन श्रीलंका पुगेका भुसालको विदेश भ्रमण पनि श्रीलंका नै अन्तिम हुने जस्तो देखिएको छ । उले गरेका हरेक निर्णणहरु क्रमश उल्टँदै जानु भनेको उनले व्यक्तिगत स्वार्थ अनुकूल मन्त्रालय र मातहतका कार्यालय चलाउन थालेको आरोप पार्टीभित्रैबाट लाग्न थालेको छ ।

त्यसकारण पनि मन्त्री बेदुराम र उनको सचिवालय समेत दोषी रहेको उनकै पार्टीका सदस्यहरु गुनासो गर्न थालेका छन् । गठगन्धन सरकारमा सामेल भएदेखि नै मन्त्री बेदुराम भुसालले पार्टी र किसानका हितका लागि भन्दा पनि आफनै एउटा झुण्ड बाहेक अरु नहेरेको समेत आरोप छ । त्यही आरोप खेपेका कृषि मन्त्री डा बेदुराम भुसालको मन्त्रीको जागिरको दिनगन्ती शुरु भईसकेको छ ।

प्रकाशित मिति: शनिबार, फाल्गुन १२, २०८०