शनिबार, बैशाख १५, २०८१

ऐन संशोधनमा चलखेल गर्दै दाना उद्योगीहरु

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पशुजन्य आहारको गुणस्तर परिक्षणमा अनियमितता गर्ने गरेको छ । पशुसेवा विभागका रहनु पर्ने पशुजन्य आहार अर्थात दानाको नियमन गर्ने काम खाद्य प्रविधि विभागका उच्च अधिकारी तथा दाना उत्पादन गर्ने साहुहरुकै मिलेमतोमा पशु सेवा विभागमा नजाओस् भन्ने रहेको थियो ।

सोही अनुरुप नै ऐन निर्माणदेखि नै दाना उत्पादन गर्ने साहु र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका उच्च अधिकारीहरुले सकेसम्म दाना लगायतका बस्तुको गुणस्तर परिक्षणमा जिम्मेवारी पशु सेवा विभागमा नजाओस् भन्ने नै रहेको छ । अहिले खाद्य स्वच्छता तथा गुणस्तर सम्वन्धी कानून संशोधनको अवस्थामा छ । यो कानून संशोधन गर्ने क्रममा पशुआहारका रुपमा रहेको दानाको गुणस्तर पशु सेवा विभाग मातहत नै हुनु पर्ने पशु चिकित्सक तथा भेटेरीनरीयनहरुको छ । तर दाना उद्योगी र खाद्य प्रविधि तथा गुण नियन्त्रण भिागले पनि सो जिम्मेवारी खाद्यकैमा हुने पर्ने गरी लविङ्ग गरिरहेका छन् ।

पशु बस्तुका लागि पछिल्लो समय महत्वपूर्ण आहारका रुपमा रहेको दाना को कस्तो हुनु पर्दछ वा यसमा गरिने मिसावटका बारेमा पशु सेवा विभागमा कार्यरत पशु चिकित्सकहरुलाई मात्र जानकारी हुने गर्दछ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा भने सो जनशक्ति नभएको र आर्थिक चलखेलबाट पनि सहजै दानाको गुणस्तर भएको प्रमाणित गराउन सक्ने भएकाले पनि अहिले ऐन संशोधन भईरहेका बेला दाना उद्योगीहरु मरिहत्ते गरिरहेका छन् ।

हाल नेपालमा उत्पादन भईरहेका पशु दानाहरु ९० प्रतिशत गुणस्तरहीन छन् । दानाको गुणस्तर चेकजाँच गर्ने जिम्मेवारी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको रहेको छ । त्यहाँ पशु आहारका रुपमा रहेको दानाका विषय विज्ञ नभएकाले ठूलो आर्थिक चलखेल हुँदै आईरहेको छ । अव संशोधन हुने ऐनमा पशु सेवा विभागले दानाको गुणस्तर चेक जाँन गर्ने भन्ने उल्लेख हुन लागेका त्यसलाई रोक्नका लागि दाना उद्योगीहरु राजनीतिक तथा आर्थिक चलखेलमा लागिसकेका छन् ।

हालसम्म खाद्य प्रविधि गुण नियन्त्रण विभागमा दानाको गुणस्तर परिक्षण गर्न पठाईएका नमूनाहरुलाई गुणस्तरहीन हुँदा पनि गुणस्तर युक्त भन्दै आर्थिक चलखेल गर्ने गरेको गुनासो विगतदेखि नै हुँदै आईरहेको थियो । ऐन संशोधनका क्रममा रहेका बेला दाना उद्योग सञ्चालकहरु गुणस्तर चेकजाचको जिम्मेवारी पशु विभागलाई दिन हुन्न भन्ने लविङ्गमा उत्रनुले विगतमा दाना गुणस्तरमा अनियमितता भएको पुष्टि गर्ने अधार बनेको छ

प्रकाशित मिति: बिहिबार, फाल्गुन ३, २०८०