सोमवार, बैशाख २४, २०८१

पशुपन्छी औषधी व्यवसायी संघमा नयाँ नेतृत्व, गैरकानूनी धन्दा रोकिने आशा मात्र

काठमाडौं । पशुपन्छी औषधी व्यवसायी संघले नयाँ नेतृत्व पाएको छ । पुस २४ र २५ गते चितवनमा भएको १४ औं महाधिवेशनले रितेश रिमालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

पशुपन्छी औषधी व्यवसायी संघका विभिन्न पदमा रहेर काम गरेका रिमाल पाथिभरा भेट डिस्टिव्यूटर्सका सञ्चालक हुन् । हालसम्म संघको नेतृत्व लिएका कुनै पनि अध्यक्ष विवादभन्दा बाहिर निस्कन सकेका छैनन् ।

पशुपन्छी औषधी आयात गर्ने र डिलरको काम गर्नेहरुले किसानलाई ठग्नु ठगेको विगतको इतिहास छ । अझ संघको अध्यक्ष बनेपछि पदको दुरुपयोग गर्दै विभिन्न शक्ति केन्द्रलाई रिझाउने र गैरकानूनी ढंगले पशुपन्छीको औषधी आयात गर्ने गरेका छन् ।

पशुपन्छी औषधी व्यवसायलाई मर्यादित बनाउने भन्दा पनि संघको नाममा धन्दा चलाउनेहरुले स्थापनाकालदेखि अहिलेसम्मका नेतृत्व चुकेका छन् । दुई वर्षका लागि नयाँ नेतृत्वमा आएका रिमाल पनि दूध नुहाएका व्यक्ति भने हुँदै होइनन् । उनी पनि पूर्व अध्यक्षहरुको इशारामा चल्ने र पशुपन्छी औषधी व्यवसायी मध्ये कै एक हुन् ।

अधिवेशनमा आयात तर्फको उपाध्यक्षमा सुना सुवेदी र थोकतर्फको उपाध्यक्षमा एकनारायण पौडेल र खुद्रा तर्फको उपाध्यक्षमा लक्ष्मण घिमिरेलाई निर्वाचित भएका छन् । त्यस्तै संघको महासचिवमा सादुराम ढकाल, कोषाध्यक्षमा राजेन्द्र थापा सचिवमा केशव शर्मा निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा रत्नकुमार बडाल (निर्विरोध),  शंकर सुवेदी (निर्विरोध),  सत्यभामा न्यौपाने बडाल (निर्विरोध), अर्जुन नेपाल (निर्विरोध), दीपक चन्द्र सेन, कोशी प्रदेश (निर्विरोध), रोशनकुमार साह, मधेश प्रदेश (निर्विरोध), ईश्वरीप्रसाद आचार्य, बागमती प्रदेश(निर्विरोध), परशुराम गैरे, गण्डकी प्रदेश (निर्विरोध), पूर्णप्रसाद जैसी पाण्डे, कर्णाली प्रदेश( निर्विरोध), पुनिराम चौधरी, सुदूरपश्चिम प्रदेश (निर्विरोध) निर्वाचित भएका छन् ।

प्रकाशित मिति: बिहिबार, पुस २६, २०८०