सोमवार, बैशाख २४, २०८१

दूध भन्दा भारतमा उत्पादित एक खाद्य पदार्थले मस्तिष्क बढ्ने सन्देश प्रवाह, हराए दूध सम्वन्धि संगठनहरु

काठमाडौं । पछिल्लो केही समययता भारतमा उत्पादन भएको एक खाद्य सामग्रीको विषयलाई लिएर निकै टिकाटिप्पणी शुरु भएको छ । किसानले पालेको गाईभैसीको दूधले भन्दा पनि पिठो लगायतका बस्तु मिसाएर भारतमा उत्पादन भएको एउटा खाद्य पदार्थले (हर्लिक्स) मष्तिष्क बढ्ने, दिमाग तेजिलो हुने जस्ता भ्रमपूर्ण सन्देश प्रवाह गर्दा पनि डेरी उद्योग संघ, नेपाल डेरी एशोसिएसन लगायतका दुग्ध उत्पादनसँ सम्वन्धित संस्थाहरु मौन रहेको भन्दै चर्को आलोचना हुन थालेको छ ।

दूध बालकदेखि बृद्धसम्महरुका लागि पनि महत्वपूर्ण पौष्टिक तत्व भएको भएपनि दूधभन्दा अरु आहारले नै मष्तिष्क बढ्ने जस्ता गलत प्रचार हुँदा पनि सरोकारवाला निकाय मौन बस्नुको कारण खोजि हुन थालेको छ ।

नेपाल सरकार मातहतमा रहेको विज्ञापन बोर्ड तथा सेन्सर बोर्डले ध्यान दिन नसक्दा नेपाली किसानहरु मारमा पर्ने गरी दूधभन्दा पिठो मिसाएको पौष्टिक तत्वले बालबालिकालाई शक्तिशाली र तीक्ष्ण बुद्धि हुने सन्देश स्वीकार गर्नुलाई सवैतिरबाट चर्को विरोध हुँदा समेत दुग्ध सम्वन्धि संस्था, पशु सेवा विभाग मात्र होइन ंिसगो मन्त्रालय नै मौन बसकेको देखिन्छ ।

सार्वजनिक सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने यस्ता गलत सन्देश कसरी सेन्सरबोर्डबाट स्वीकृत भयो भन्ने खैलाबैला नै मच्चिएको छ । नेपाल टेलिभिजनकी चर्चित कार्यक्रम प्रस्तोता आरती चटौतले समेत सामाजिक सञ्जाल मार्फत सो प्रचार सामग्रीको विरोध गरेकी छिन् ।

त्यस्तै पशु सेवा विभाग मातहतमा कार्यतर केही पशु चिकित्सक तथा कृषि विज्ञहरुले त्यसको खुलेर विरोध गर्न नसकेपनि सामाजिक सञ्जालमा भने विरोध गरेको देखिन्छ । तर पशु सेवा विभाग कृषि तथा पशुपन्छी विकास मन्त्रालय र दूध उत्पादनमा संलग्न किसान संगठनहरुले गलत सन्देशको विपक्षमा लामो समयसम्म पनि नबोल्नुले यस्ता संघसगठन किसानहरुका लागि भन्दा पनि आफ्नो स्वार्थ सिद्ध गर्ने खेलमा मात्र छन् कि भन्ने आशंका गर्न थालिएको छ ।

भारतमा उत्पादन भएको हर्लिक्स खाएमा बालबालिकाको मस्तिष्क तेजिलो हुने खालको नकारात्मक सन्देश प्रकाशन प्रशारणमा सरोकारवाला निकायले तत्काल रोक्नु पर्ने देखिन्छ । हुन त राष्ट्रिय प्रशारण हुने कुनै पनि श्रव्यदृश्य सामग्री उत्पादन भएपछि त्यसलाई सेन्सर बोर्डले स्वीकृत गरेपछि मात्र प्रशारण अनुमति दिने गरिन्छ ।

तर हर्लिक्सको विषयमा न त विज्ञानप बोर्ड बोल्न सकेको छ, नत पशु सेवा विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग वा डेरीसँग सम्वन्धित व्यवसायिक संगठनहरुले नै सच्चाउन आग्रह गरेका छन् । बरु यस्ता पेशागत एव व्यवसायिक संघसंगठनहरु नै एक अर्काका तै चुप मै चुप भएर बसेका छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस २७, २०८०