शुक्रबार, बैशाख १४, २०८१

साना किसान सम्मेलनका नाममा पाँचतारेमा जात्रा

काठमाडौं, फागुन । विदेशी दातृ निकाय एशियाली विकास वैक लगायतको आर्थिक सहयोगमा आयोजित साना किसान भेला २०७५ भएको छ । साना किसानका नाममा गरिएको उक्त भेलामा वास्तवमा नै साना किसानहरुका लागि हो भन्ने कुनै भान नै भएन ।
राजधानीको पाँच तारे होटल याक एण्ड यतिमा भएको साना किसान सम्मेलन देखाउने दाँत जस्ता मात्र थियो । हुन त मुलुकभरका साना ठूला सवै किसानहरुलाई भेला पारेर पाँचतारे होटलमा अस्तव्यस्त जात्रा सम्पन्न गराउने जिम्मा भने साना विकास विकास वैक हाल साना किसान विकास लघुवित्त संस्थाका नाम रुपान्तरितले गरेको थियो ।
करोडौं रुपैयाँ खर्च गरेर आयोजना गरिएको साना किसान सम्मेलन केवल जात्रा भन्दा फरक हुन सकेन । कार्यक्रममा सहभागी किसानहरुका लागि साना किसान सम्मेलन केवल काठमाडौंको भ्रमण र पाँच तारेको भोजन बाहेक अरु उपलब्धी नभएको कार्यक्रममा सहभागीले बताएका छन् ।
सो सम्मेलन कतिपय पुस्तक वेच्नेहरुका लागि मेला भएको थियो भने कतिपयका लागि राम्रै ठेक्का पट्टा गर्ने थलोका रुपमा समेत रहेको थियो । ठूलो संख्यामा सहभागी गराइएको सो सम्मेलन टुँडिखेल वा भृकुटीमण्डपमा गरिनु पर्ने थियो तर पाँचतारेमा किन गरियो । कार्यक्रममा सहभागी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
साना किसानका लागि भन्दै गरिएको सो सम्मेलनका खर्च र लगानीकर्ताको विषयमा कार्यक्रम सचिवालयल जानकारी दिन चाहेन । साना किसान सम्मेलनका नाममा अर्को लुट धन्दा चलाउन लागिएको सहभागीता भएर सन्तुष्ट नभएका किसानहरुले बताए ।

प्रकाशित मिति: बिहिबार, फाल्गुन १६, २०७५