शुक्रबार, चैत्र १६, २०८०

संघमा चर्चा मात्र प्रदेशले सम्झौता ग¥यो चिनियाँ गाई भित्र्याउने

काठमाडौं, फागुन । तात्कालिन नेकपा एकीकृतका अध्यक्ष पुष्पकमल दाहालले सरकारको नेतृत्व लिईरहँदा चर्चा र बहशको विषय बनेको चिनियाँ गाई भित्र्याउने प्रकरण अहिले प्रदेश ४ मा गएर टुङ्गिएको छ ।
नेपालमा दूध उत्पादनका लागि चीनबाट गाई ल्याउनका लागि तात्कालिन पशुपन्छी विकास मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड मार्फत निकै पहल भएको पनि थियो । केही व्यवसायीहरुले निकै प्रयास पनिगरेका थिए ।
चीनबाट गाई ल्याउने विषयमा त्यसबेला सञ्चार माध्यममा निकै प्राथमिकतामा पनि परे । चिनियाँ गाई नेपालमा भित्र्याउँदा आउने सक्ने समस्याका बारेमा बहस नै चल्यो । एउटा पक्ष गाई ल्याउने लविङ्गमा लागे भने मन्त्रालय भित्रकै अर्को पक्ष चिनियाँ गाई नेपालमा ल्याएर पाल्न नहुनेमा लागे ।
चीनले नेपालमा गाई ल्याउन मात्र नभएर अनुसन्धानको विषयलाई पनि जोड दिएको थियो त्यसबेला । दैनिक ३५ लिटर दूध दिने करीव १० हजार गाई ल्याउने कुरामात्र होइन । दूध प्रशोधनदेखि बजारीकरणसम्म कुरा पनि आए । तर ती कुरा गुपचुम नै रहिरह्यो । संघका सरकारका नेतृतवमा रहेका र तात्कालिन पशुपन्छी विकास मन्त्रालयमा कार्यरत उच्च कर्मचारीहरुको स्वार्थ नमिलेपछि चीनबाट गाई ल्याउने कुरा ओझेलमा परेको थियो ।
अहिले भने प्रदेश नं ४ अर्थात गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयलेले भने चाईनिज एकेडेमी अफ एग्रिकल्चर साईन्सेस (सिएएसि) कम्पनीसँग पशुपालन तथा गाईफार्म स्थापना गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
गण्डकी प्रदेशमा सञ्चालमा ल्याइन लागेको सो गाईफार्ममा चीनबाट ४ पहिलो चरणमा चार हजार होलिस्टिन फ्रिजायन जातको गाई ल्याउने सम्झौतामा उल्लेख गरिएको बताएको छ । चीनको लगानीमा सञ्चालन गर्न लागिएको सो फार्मलाई गाईको श्रोत केन्द्रका रुपमा विकसित गर्ने भनिएपनि फार्म सञ्चालन गर्नुको उदेश्य अरु नै रहेको बताइएको छ ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन १७, २०७५