शुक्रबार, बैशाख १४, २०८१

उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा

झापा, वैशाख। झापाको मेचीनगरमा उच्च प्रविधियुक्त हाइटेक नर्सरी सञ्चालनमा ल्याइएको छ । सरकारको कृषि विकास रणनीति अनुगमन तथा समन्वय कार्यक्रमअन्तर्गत सिँचाइ पूर्वाधारसहितको हाइटेक नर्सरी पहिलो पटक सञ्चालनमा ल्याइएको हो ।
झापा मेचीनगर का युवा डिल्लीराज उप्रेतीले एक कट्ठा जग्गामा हाइटेक नर्सरी निर्माण गरेका हुन् भने यो नर्सरीमा सबैखाले बाली लगाउन सकिने उनले बताएका छन् । जिल्ला कृषि विकास कार्यालय झापामार्फत प्राप्त ८ लाख ९४ हजार ४ सय ९२ रुपैयाँ अनुदान र डीएन्डडी वायोप्लानटेकको २ लाख ९८ हजार १६४ रुपैयाँ गरी कूल ११ लाख ९२ हजार ६५६ रुपैयाँ खर्च गरेर नर्सरी स्थापना गरिएको पनि उप्रेतीले जनाएका छन् ।

प्रकाशित मिति: आइतवार, बैशाख ३०, २०७५