बिहिबार, बैशाख १३, २०८१

गाईपालनबाट मासिक ३५ हजार

बाजुरा, वैशाख । बाजुराको बडीमालिका–९ का ४० वर्षीय टेक बडुवाल गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । द्वन्द्वकालीन समयमा वा अन्य समयमा, राजनीतिमा निकै सक्रिय रहेका बडुवाल राजनीति गर्न आर्थिक अभाव हुन थालेपछि पछिल्लो समयमा गाउँमै गाईपालन व्यवसाय गर्न थालेका हुन्।
रोजगारी गर्न व्यवसाय गर्नुभन्दा विदेश जाने प्रवृत्तिको अन्त्य गर्नका लागि गाईपालन व्यवसाय थालेको उनको भनाइ छ । बडुवालले गाईपालन व्यवसायबाट चार महिनामा रु एक लाख २० हजारभन्दा बढी आम्दानी गर्न सफल भएको दाबी गरेका छन् । ।

प्रकाशित मिति: शुक्रबार, बैशाख २८, २०७५