शुक्रबार, बैशाख २१, २०८१

वर्षाले तरकारी बालीमा क्षति

बुटवल, साउन १९ । विगत तीनदिनदेखि लगातार परेको वर्षाका कारण रुपन्देहीमा तरकारी बालीमा क्षति पुगेको छ । जिल्लाका अधिकांश क्षेत्र डुवानमा परेका कारण कृषकले लगातएको तरकारी बाली समेत डुवानमा परेर मर्ने अवस्थामा पुगेको किसानले गुनासो गरेका छन् ।
गत आईतबारदेखिको अविरल वर्षाले जिल्लाको सिक्टहन ७ मा रहेको सामूहिक बहुउद्देश्यीय कृषि उपज तथा वितरण समूहको खेतीमा समेत नोक्सान पु¥याएको जनाएको छ ।
समूहले चार विघामा लगाएको धान खेती, तरकारी र अन्य गरी चार लाख रुपियाँ मूल्य बराबरको कृषि उपजमा बाढी पसेर नोक्सान पु¥याएको जनाएको छ ।

प्रकाशित मिति: बिहिबार, साउन १९, २०७४