शुक्रबार, बैशाख २१, २०८१

ओखर खेतीलाई प्रोत्साहन

हुम्ला, साउन १९ । हुम्ला जिल्लामा यस वर्ष ओखर उत्पादन बृद्धि भएको छ । ओखर फुल्ने बेला हिमपात राम्रो हुनु र बर्षामा पनि समय समयमा पानी परेकाले ओखरको उत्पादन बृद्धि भएको हो ।
पछिल्लो समयमा हुम्ला जिल्लामा ओखरखेती विस्तार भईरहेको सिमकोट ५ की नीता बोहोराले बताए । तीनवटा बोट ओखर लगाएर शुरु गरेकी बोहोराले अहिले १० बोट पु¥याएको र बर्षमा ६० हजार रुपैयाँभन्दा बढी आम्दानी भईरहेको बताए ।
अझै ओखरका विरुवा विस्तार गर्ने योजना बोहोराको छ । ३० हजार दाना वर्षमा उत्पादन हुने ओखर प्रतिदाना १० रुपैयाँमा विक्री भईरहेको उनले बताईन् ।

प्रकाशित मिति: बिहिबार, साउन १९, २०७४