बुधबार, बैशाख १९, २०८१

परीक्षण प्रशारण मै कृषि टिभीमा मारामार

काठमाडौं, साउन । कृषि विषयलाई प्राथमिकता दिएर प्रशारण गर्ने भन्दै खुलेको कृषि टेलिभिजन नेटवर्कद्धारा केवल टेलिभिजनका रुपमा सञ्चालित प्रशारण भईरहेको कृषि टेलिभिजनमा विवाद शुरु छ । परीक्षण प्रशारण कालदेखि नै कार्यरत कर्मचारीहरुलाई तलव नै नदिई घर पठाएपछि कृषि टेलिभिजनमा मारामार शुरु भएको हो । krishi tv
कृषि विकास बहुउद्देश्यीय सहकारीको पूर्ण लगानीमा सञ्चालन भएको सो टेलिभिजनको अध्यक्ष सहकारी संर्घ अध्यक्ष तेज विक्रम थापा रहेका छन् । तर पनि सो टेलिभिजनमा कार्यरत कर्मचारी एवं पत्रकारहरुलाई नियुक्ति पत्र समेत दिएको छैन । नियुक्ति विना नै महिनौ काम गरिरहेका कर्मचारीहरुलाई तलव समेत नदिएपछि टेलिभिजनमा समस्या आएको हो ।
कृषि विषयको पहिलो टेलिजिभनका रुपमा स्थापना भई केही समय अगाडि मात्र परीक्षण प्रशारण सकिएको केवल टेलिजिभन कृषि टेलिभिजनमा काम अधिकांश कर्मचारी एवं पत्रकारहरुलाई श्रमजीवि पत्रकार अनुरुप तोकिएको तलवको त कुरै छाडौं महिनौसम्म तलव समेत नदिएको एक पत्रकारले बताए ।
सूचना विभागको परिचय पत्र बनाउनका लागि विभागमा विवरण पेश गर्नु पर्ने नियम भएकाले पत्रकारहरुले पटक पटक आग्रह गर्दा समेत सूचना विभागमा कर्मचारी एवं पत्रकारहरुको विवरण पेश गरिएको छैन ।
कर्मचारीहरुलाई तलव नदिएपछि कृषि टेलिभिजनका कार्यरत पत्रकार एवं कर्मचारीहरुले सो संस्था भटाभट छोड्न थालेका छन् । हाल केवल च्यानलमा प्रशारण भईरहेको कृषि टिभीमा पत्रकारहरुलाई नियुक्ति नदिएको विषयमा कुरा गर्दा टेलिभिजनका अध्यक्ष तेज विक्रम थापाले अधिकांश कर्मचारी स्वयंसेवकमा रुपमा भएकाले नियुक्ति नदिएको बताए ।
कृषि टेलिभिजनमा आधा दर्जन कर्मचारीहरु कार्यरत रहेको भएपनि आन्तरिक रुपमा कर्मचारीहरु वीचमा नै विवाद भएको भए पनि टेलिभिजनमा अरु विवाद नभएको उनले बताए ।

प्रकाशित मिति: बिहिबार, साउन १९, २०७४