सोमवार, बैशाख २४, २०८१

उखुको भुक्तानी नपाउँदा आक्रोशित

विराटनगर, साउन २० । सुनसरीको बर्जु गाउँपालिका सञ्चालनमा रहेको इन्र्टन सुगर मिल्सले किसानलाई उखुको भुक्तानी नगर्दा किसान आक्रोशित भएका छन् । मिल वन्द भएको छ महिना भईसक्दा समेत मिलले भुक्तानी नदिएको भन्दै आक्रोशित भएका सुनसरी मोरङ्गका उखु किसानले तत्काल रकम भुक्तानी नगरे कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । आव २०७३÷७४ मै बेचेको उखुको भुक्तानी किसानले पाएका छैनन्।
विराटनगरमा सुनसरी र मोरङ्गका स्थानीय तहका जनप्रतिनिधिसँग गरेको छलफलमा मिल वनद भएको छ महिना वितिसक्दा भुक्तानी नदिएको भन्दै किसानले आन्दोलनमा जाने बताएका हुन् ।
मिलले गत आर्थिक वर्षमा किसानबाट आठ लाख २८ हजार ६ सय ४१ क्विनटल उखु खरिद गरे पनि हालसम्म भुक्तानी गरेको छैन । किसानलाई ४२ करोड रुपैयाँ भुक्तानी गर्नु पर्नेमा हालसम्म १० करोड रुपैयाँ मात्र भुक्तानी गरेको उखु उत्पादन संघका अध्यक्ष शिवलाल चौधरीले बताए ।

प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७४