शुक्रबार, बैशाख २१, २०८१

मूल्य घटेपछि अलैँची कारोबार ठप्प

तेह्रथुम, १७ साउन । जिल्लामा उत्पादित अलंैँचीको मूल्यमा निरन्तर गिरावट आएपछि कारोबार ठप्प भएको छ । गत वर्षको तुलनामा ६० प्रतिशतभन्दा बढी मूल्य घटेपछि अलैँचीको कारोबार ठप्प बनेको हो । किसानले बिक्री गर्न भट्टिबाट निकालेर तयार गरेको अलैँची मूल्य नपाएपछि त्यसै थन्किएको छ । उचित मूल्य पाइने आशमा किसान पर्खि बसेका छन् ।
मूल्य घट्दै जान थालेपछि किसानको अलैँची बिक्री हुन सकेको छैन । किसानले यस वर्ष नयाँ बिरुवा थप्ने र बोट गोडमेल गर्न उत्साह देखाएका छैनन् । तेह्रथुम, धनकुटा, संखुवासभा, ताप्लेजुङ, पाँचथर, इलामलगायत जिल्लामा गत वर्ष यही याममा अलैँची प्रतिकिलो रु दुई हजार ७५० सम्ममा किनबेच भएको थियो । यस वर्ष मूल्य घटेर रु ९०० पुगेको छ ।

प्रकाशित मिति: मङ्लबार, साउन १७, २०७४