आइतवार, बैशाख २३, २०८१

काभ्रेमा विषादी प्रयोग घट्दै

काभ्रे, ४ असार । खाद्यबालीमा अत्यधिक विषादी प्रयोग गरिने जिल्लामा रुपमा चिनिएको काभ्रे जिल्लामा रासायनिक विषादी प्रयोग विस्तारै घट्दै गएको पछिल्ला तथ्यांकले देखाएको छ । जिल्ला कृषि विकास कार्यालयले प्रस्तुत गरेको तथ्यांकका आधारमा ३ वर्षको अवधिमा विषादीको प्रयोगमा कमी आएको देखिएको हो ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख दुर्गा प्रसाद पण्डितका अनुसार जिल्लामा विषादीको प्रयोग घट्दै गएको छ । केही वर्षमा नै विषादी प्रयोग शुन्यमा झार्न सकिने उनले बताए । उपभोक्ता र किसानहरुमा समेत विषादी प्रयोगका कारण हुने खतराका बारेमा जानकारी प्राप्त भएपछि विषादी प्रयोग घट्न थालेको छ ।
उपभोक्ता स्वयंले विषादी प्रयोग गरिएका तरकारी किन्न छाडेपछि वाध्य भएर किसानहरुले समेत रासायनिक विषादी प्रयोग गर्न छाडेको किसानहरुले नै बताउंछन् । काभ्रे जिल्ला तरकारी खेतीका लागि महत्वपूर्ण जिल्लाका रुपमा चिनिन्छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा ९ हजार ७ सय २०हेक्टर क्षेत्रफलमा गरिएको तरकारी खेतीबाट १ लाख ६२ हजार ८ सय १० टन तरकारी उत्पादन हुने बताइएको छ ।

प्रकाशित मिति: आइतवार, असार ४, २०७४