आइतवार, बैशाख २३, २०८१

बीउ नउम्रेपछि किसान चिन्तित

पाल्पा, असार  । गोलभेंडाको विरुवा पातलो उम्रेपछि किसान चिन्तित बनेका छन् । गोलभेंडा खेती गर्दै आएका रिब्दीकोट गाउंपालिका ७, मैनादीका किसान विरुवा पातलो उम्रेपछि समस्यामा परेका हुन् । एक प्याकेट गोलभेंडा को बीउ छर्दा चार पाँच सय विरुवा उम्रिनु पर्नेमा अहिले दुई सयसम्म मात्रै उम्रेका किसानले बताएका छन् ।
बारी बाँझो छ, व्याडमा गोलभेंडाको विरुवा पातलो उम्रेपछि समस्या भएको छ । मैनादीको कृषक प्रेम रणपालले गुनासो गरे । अधिकांश किसानको व्याडमा गोलभेंडा पातलो उम्रेका छ । रिब्दीकोट गाउपालिका ७ का करिव दुई सय घरपरिवार गोलभेंडा खेतीमा संलग्न छन् ।

प्रकाशित मिति: शुक्रबार, असार २, २०७४