आइतवार, जेष्ठ ६, २०८१

चिराइतोेले बजार पाएन

चरिकोट, ५ असार । दोलखा जिल्लामा उत्पादित चिराइतोले बजार नपाउँदा दोलखाका किसान चिन्तित बनेका छन् । जिरी नगरपालिका वडा नं. १ श्यामाका किसान चन्द्रबहादुर खड्का २० वर्षदेखि चिराइतो खेती गर्दै आएका छन् । तर, पछिल्ला वर्ष आफूले उत्पादन गरेको चिराईतो विक्री नहुँदा निराश बन्न थालेका छन् ।
उनले ३०÷४० रोपनी जग्गामा व्यवसायिक खेती गर्ने उदेश्यक साथ शुरु गरेका थिए । यो खेती अहिले १५ रोपनीमा विस्तार भएको छ । खड्काले प्रतिकिलो दुई सय रुपैयाँका दरले दुई सय किला बेचें । अव तीन सय किलो वाँकी छ । सस्तैमा पनि विकेको छैन थन्क्याएर राखेको छु उनले बताए ।
खड्काको घर वन क्षेत्रको भित्र पट्टी पर्दछ । अन्न वाली बाँदरले खाइदिन्दछ । बाँदरले नखाने खेती रोज्दा र वनमा सँधै देखिेको चिराइतो नै खेती गर्न थालेका उनले बताए । रोजेको खेतीबाट उत्पादन त राम्रै भयो तर बजार नपाउँदा अव के गर्ने भन्ने द्धिविधिामा परेको गुनासो उनले गरे ।
विकल्पको खोजिमा रहेको र पूर्व तयारी पनि गरिरहेको उनले बताए । धेरै लगानी र अनुभवमा भिजेकाले अझै एक वर्ष चिराइतो खेतीलाई नै हेर्छु । पूरा व्यवस्थितका साथ यो खेती गरेकाले दुर्गा जडिबुटी उत्पादक फार्म पनि सञ्चालन गरेको खड्काले बताए ।
उनले बनमा देखेको चिराईतो असमयमै संकलन गरेको देखेपछि यसलाई जोगाएर व्यवसायिक खेती गर्छु भन्ने लागेर यो खेतीमा लागेको समेत उनले बताए । उनले बनको विरुवा सार्दा पनि राम्रो भएन । बीउ छर्दा पनि राम्रो भएन । आफ्नो लामो अनुभवलाई सातदिने तालिमले साथ दियो खेती त राम्रो भयो तर बजार भए उनले दुखेसो गरे ।

प्रकाशित मिति: सोमवार, असार ५, २०७४