आइतवार, बैशाख १६, २०८१

हुम्लाका किसान खुुसी

सिमकोट, असार २ । यस वर्ष जिल्लामा जौ, गहुुँ र उवा राम्रो फल्ने भएपछि हुुम्ली किसान खुसी भएका छन् । तीन वर्ष लगातार खडेरीको कारण यो बाली नसप्रेको र यस वर्ष बेलाबेलामा पानी पर्दा बाली सपे्रकाले किसान खुुसी भएका हुुन् ।
गत वर्ष १० रोपनी जग्गामा यो बाली लगाएर बीउ पनि नआएको सिमकोट गाउँपालिका वडा नम्बर ३ की ठाचुुङ लामाले बताए । यस वर्ष पनि राम्रो नहोला कि भन्ने डरले आठ रोपनीमा मात्रै जौ, गहुुँ र उवा लगाउनुुभएकी लामालाई यतिखेर भने सबै जग्गामा नलगाएकोमा पश्चाताप भएको छ । बाली निक्कै राम्रो छ, अब त पाक्ने बेला पनि भयो, उनले भने ।
सिमकोट गाउँपालिका वडा नम्बर ८ का नवराज शाहीलाइ पनि गत तीन वर्षमा जेठासी बाली राम्रो नहुुँदा यसपालि कम जग्गामा बाली लगाएकोमा पश्चाताप भएको छ । यस पालि तीन रोपनीमा उहाँले जौ, गहुुँ र उवा बाली लगाएको बताए ।
खार्पुनाथ गााउँपालिका वडा नम्बर १ पिउसका टक्कबहादुुर शाहीले पनि यस वर्षको बाली राम्रो रहेको बताउँदै गत वर्षको क्षतिपूर्ति हुने आँकलन गरे । उनले ११ रोपनी जग्गामा जौ, गहुुँ र उवा लगाउनुभएको छ ।
पौष्टिक आहारका लागि निक्कै उपयोगी मानिने जौ, गहुुँ र उवा राम्रो हुुनुुमा बीउ छर्ने बेलादेखि टिप्ने समयसम्म बेलाबेलामा पानी परेकाले भएको जिल्ला कृषि विकास कार्यालयका प्राविधिक भीमबहादुुर केसीले बताए । उनले गत आर्थिक वर्षमा एक हजार २५ हेक्टर जग्गामा गहुुँ लगाइएकोमा ९६८ मेट्रिक टन उत्पादन भएको थियो । यस वर्ष ३।२७ प्रतिशतले उत्पादन वृद्धि हुुुने प्रारम्भिक अनुुमान कार्यालयले गरेको उनले जानकारी दिए ।
यस्तै, जौ ६८५ हेक्टरमा खेती गाइएकोमा ६९८ मेट्रिक टन उत्पादन भएको र यस वर्ष ३।२६ प्रतिशतले र उवा ६६७ हेक्टरमा लगाएकोमा ६३४ मेट्रिक टन उत्पादन भएको र यस वर्ष भने ०।१६ प्रतिशतले वृृद्धि हुुने उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, असार २, २०७४