बिहिबार, बैशाख २०, २०८१

हरेक वर्ष नेपालगञ्ज नाकाबाट २ अर्ब बढीको पशु आयात

नेपालगन्ज, जेठ । नेपाल सरकारले पशुपालन व्यवसायलाई आकर्षण गर्नका लागि युवा लक्षिय कार्यक्रम होस् वा अन्य अनुदान कार्यक्रम सञ्चालनमा ल्याएको भएपनि भारतबाट नेपालगञ्जको एउटै नाकाबाट वार्षिक २ अर्व रुपैयाँ भन्दा बढीको पशुबस्तु आयात हुँदै आएको छ । नेपालगञ्जमा रहेको पशु क्वारेन्टाइनका अनुसार चालू आर्थिक वर्षको दश महिनामा रुपैडिहा नाकाबाट करिब दुई अर्बभन्दा बढीका जिउँदा पशु भारतबाट भित्रिएको हो । livestock
नेपालगन्जस्थित क्षेत्रीय पशु क्वारेन्टाइनका अनुसार दस महिनाको अवधिमा १ लाख ७२ हजार ४ सय खसीबोका, ५ हजार ७९ सुंगुर–बङ्गुर र २ सय २१ मेट्रिक टन माछा नेपाल भित्रिएको छ ।
नेपालगन्ज नाकाबाट सबैभन्दा बढी खसीबोका आयात हुने गरकोे क्वारन्टाइनले जनाएको छ । नेपागन्जहँुदै भित्रिएका करिब ८० प्रतिशत खसीबोका काठमाडौँ, पोखरा, वीरगन्जलगायत सहरमा जाने गरको पशु क्वारन्टाइनका पशु चिकित्सक रामसेवक त्रिपाठीले बताए ।
चालू वर्षको साउनदेखि वैशाखसम्म दुई अर्बभन्दा बढीको पशुजन्य सामग्री नेपाल भित्रिएको जनाउँदै त्रिपाठीले भारतको उत्तरप्रदेशको कानपुर, कल्पी, झाँसी, नानपारा लगायतबाट धेरै खसीबोका आउने गरको जनाए ।
नेपालमा भित्रिने पशुजन्य सामग्री बढी मात्रामा मासुका लागि खपत हुने गरकोे छ । भारतको झाँसीमा लाग्ने हाटब–जारबाट प्रत्येक बुधवार र शुक्रवार खसीबोका ल्याइने गरेको क्वारन्टाइनले जनाएको छ ।
भारतबाट आउने करिब १० प्रतिशत खसीबोका पालनका लागि मध्यपश्चिम तथा सुदूरपश्चिमका विभिन्न जिल्लामा लैजाने गरिएको छ । पालनका लागि दस महिनामा १ हजार ८ सय गोटा खसीबोका नेपाल भित्रिएका छन् । भारतबाट ल्याइएका पशुको सामान्य स्वास्थ्य परीक्षण गर्ने गरिएको क्वारन्टाइनले जनाएको छ ।
स्थानीय व्यापारिक केन्द्रमा खसीबोकाको मूल्य न्यूनतम १२ हजार छ । भारतबाट आउने सस्तो हुने र स्थानीय महँगो पर्ने भएकाले उताका व्यापारिक प्रयोजनका लागि उपभोग हुने गरेका छन् । पशु क्वारन्टाइनका अनुसार गत वर्ष १ लाख ६३ हजार ७ सय खसीबोका नेपाल भित्रिएका थिए । खुला सीमाका कारण अन्य नाकाबाट फुटकर ल्याउने गरिएको कार्यालयले जनाएको छ ।
भारतको बहराइच र नानपाराबाट मुंगुर प्रयास, रहुँ नैनी जातका माछा नेपाल भित्रिने गरका छन् । माछाको खपत आसपासका जिल्लामा बढी हुने गरेको कार्यालयले जनाएको छ ।
क्वारन्टाइनका अनुसार भारतबाट ५ हजार ७९ गोटा सुंगुर र बङ्गुर नेपाल भित्रिएका छन् । बाबागन्ज र बहराइचबाट सुंगुर बङ्गुर नेपाल आउने तथा बा“के र बर्दियामा खपत हुने गरको पशु चिकित्सक त्रिपाठीले जनाए । त्यस्तै २ हजार २ सय घोडा खच्चड भारतबाट भित्रिएका छन् ।
भारतबाट भित्रिने घोडा खच्चड र गधा ढुवानीका लागि इँटाभट्टा र दुर्गम क्षेत्रमा जाने गरका छन् । ‘भारतबाट पशुजन्य सामग्रीको आयात बढदै गए पनि नेपालबाट निर्यात भने शून्यजस्तै छ ।
नेपालबाट अन्य सामग्रीको निर्यात हुने गरे पनि पशुजन्य सामग्री कुनै भारत जाँदैन,’ पशु चिकित्सक त्रिपाठीले भने, ‘रुपैहिडा नाकाबाट बढी मात्रामा खसीबोका भित्रिने गरको छ । पशुहरूमा कुनै रोगको शङ्का लागेमा क्वारन्टाइनले नेपाल भित्रिन रोक लगाउने गरको छ ।’
उनका अनुसार विभिन्न शीर्षकमा दस महिनाको अवधिमा ३ लाख ८५ हजार राजस्व सङ्कलन भएको छ । यस अवधिमा ८ हजार ९ सय अवैध चल्ला र २ हजार २ सय ३३ गोटा ब्रोइलर कुखुरा नष्ट गरिएको त्रिपाठीले जनाए ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २९, २०७४