बिहिबार, बैशाख २०, २०८१

उखुको अभावमा चिनी मिल बन्द

लहान, जेठ । उखुको अभाव भएपछि सिरहाको चन्द्रअयोध्यापुरमा सञ्चालित हिमालय चिनी मिल बन्द भएको छ । आवश्यकताअनुसार उखु पाउन छाडेपछि जिल्लाको एकमात्र उक्त चिनी उद्योग बन्द भएको हो ।
हिमालय चिनी मिलले गत २०७३ मङ्सिरदेखि चिनी उत्पादन थालेको थियो । दैनिक २५ लाख क्विन्टल उखु चाहिए पनि अहिले उखुखेतीको समय नभएकाले उखुको अभावमा उद्योग बन्द गर्नुपरेकोे हिमालय चिनी मिलका उखु प्रबन्धक अवधकिशोर यादवले जानकारी दिए ।
“भर्खर किसानले खेतमा उखु लगाएका छन्, उखु तयार नहुन्जेलसम्मका लागि मिल बन्द गरिएको हो, उखु पाउन थालेपछि पुनः मिल सञ्चालनमा ल्याइने छ,” उहाँले भन्नुभयो । उक्त मिलमा गुणस्तरीय चिनी उत्पादन गर्ने उपकरण रिफायनरिङ जडान गरिएको मिल व्यवस्थापनले जनाएको छ ।

प्रकाशित मिति: सोमवार, जेष्ठ २९, २०७४