बिहिबार, बैशाख २०, २०८१

नेपाल वर्डफ्लु मुक्त देश घोषणा

काठमाडौं, जेठ । पशुपन्छी विकास मन्त्रालयले आज नेपाललाई वर्डफ्ल मुक्त देशका रुपमा घोषणा गरेको छ । कृषि विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले मुलुकलाई वर्ड्फ्लु मुक्त देश घोषणा गरेका हुन् ।
नेपाललाई वर्डफ्लु मुक्त देश घोषणा गर्दै पशुपन्छी विकास मन्त्रालयले पन्छीपालन व्यवसायलाई प्रवद्र्धन गर्न मुलुकभरीका जिल्ला पशु सेवा कार्यालयहरुबाट नियमित शंकास्पद फार्महरुको नमूना संकलनका लागि विशेष निगरानी गर्ने कार्य जारी गरेको पनि बताएको छ ।
नेपालमा पहिलो पटक वि.सं २०६५ सालमा झापामा देखा परेको थियो । वर्डफ्लु हालसम्म विश्वका ७७ देशमा देखा परिसकेको छ । वर्डफ्लु रोगको संक्रमण हालसम्म ८५९ मानिसहरुमा संक्रमण देखा परि ४ सय ५३ जनाको मृत्यु भईसकेको भएपनि नेपालमा भने वर्डफ्लुका कारण मानिसको मृत्यु भएको छैन भने रोगका संक्रमण पनि नदेखिएको पशुपन्छी विकास मन्त्रालयले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
पहिलो पटक नेपाला यो रोगको बारेमा निकै नै चर्चा भएको थियो । त्यो सँग हजारौ कुखुरापालन व्यवसाय गरिरहेका किसानहरुलाई व्यवसायबाट नै पलायन हुनु पर्ने अवस्थाको समेत सृजना भएको थियो । पछि वर्डफ्लु रोग नियन्त्रण भई दुई वर्षसम्म देखा नपरेको वर्डफ्लु २०७३ फागुन १२ गते पोखरा उपमहानगरपालिका वडा नं. १८ को खाल्टे मसिना स्थित मीना परियारको घरमा पालेको स्थानीय हाँसमा वर्डफ्लु रोग भएको राष्ट्रिय पशु रोग अन्वेषण प्रयोगशालाले प्रमाणित गरेको थियो ।
पोखरामा वर्डफ्लु रोग नियन्त्रणको कार्य सम्पन्न हुन नपाउंदै सुनसरीको इटहरी नगरपालिाको खनार स्थित पाथिभरा पोल्ट्रि फार्ममा रहेका कुखुरामा समेत फागुन २५ वर्डफ्लु रोग भएको प्रयोगशालाले प्रमाणित गरेको थियो । तत् पश्चात नेपालमा वर्डफ्लु रोगको निगरानी गर्नका लागि वर्डफ्लु रोग नियन्त्रण आदेश २०६४ लाई कार्यान्वय गर्दै वर्डफ्लुको लक्षण समेत नदेखिएकाले नेपाललाई वर्डफ्लु मुक्त देशका रुपमा मन्त्रालयले घोषणा गरेको सचिव जिसीले बताए ।
वर्डफ्लु मुक्त देश घोषणा कार्यक्रममा बोल्दै पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा केशवप्रसाद प्रेमीले वर्डफ्लु को शंका गर्नु नपर्ने भन्दै सम्पूर्ण विधि र प्रक्रिया अपनाएर मुलुकभर नै रोग नियन्त्रण गरिएकाले अव ढुक्क भएर कुखुराको मासु प्रयोग गर्न सकिने समेत बताए ।
त्यसैगरी पशु सेवा विभागका महानिर्देशक डा विमलकुमार निर्मलले मन्त्रालयले नेपाललाई वर्डफ्लु मुक्त देशका रुपमा घोषणा गरेकाले पशु सेवा विभागले विश्व पशु स्वास्थ्य संगठनमा आजै वर्डफ्लु मुक्त देश धोषणा गरेको बारेमा जानकारी गराउने समेत बताए ।

प्रकाशित मिति: आइतवार, जेष्ठ २८, २०७४