मङ्लबार, बैशाख २५, २०८१

धानखेती प्रोत्साहन गर्न अनुदान

काठमाडौं, चैत्र । कृषि उत्पादन बृद्धि गर्ने उदेश्यले जिल्ला कृषि विकास कार्यालय उदयपुरले चैते धान खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । चालू आर्थिक बर्षदेखि शुरु भएको बृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत चैते धान लगाउने किसानलाई अनुदन दिने लागिएको जिल्ला कृषि विकास कार्यालयका प्रमुख सरोजकान्त अधिकारीले बताएका छन् ।
किसानलाई अनुदान अनुदान दिंदा उनीहरु धान खेतीतर्फ आकिर्षत हुने विश्वास लिईकाले कार्यालयले अनुदान कार्यक्रम राखेको उनले बताए । अनुदानका लागि सरकारकारले तोकेका मापदण्डमा खेती गर्नु पर्ने समेत उनले बताए । जिल्लामा बाहिरबाट चामल ल्याउनु पर्ने वाध्यता अन्त्य गर्न सो कार्यक्रम सञ्चालन गरिएको कार्यालयल जनाएको छ।

प्रकाशित मिति: मङ्लबार, चैत्र २२, २०७३