आइतवार, बैशाख १६, २०८१

नयाँ संरचनामा कृषि मन्त्रालय के होला ?

काठमाडौं, चैत । यतिखेर राज्य पुर्नसरचनाको विशेष चर्चा र बहश भईरहेको छ । स्थानीय तहलाई अधिकार सम्पन्न गराउनका लागि सोही अनुरुप महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउंपालिकाको संरचना बने । तर ती संरचनाका कुन कुन संरचनाहरुलाई राख्ने वा गाभ्ने विषयमा धेरै नै बहश हुनु जरुरी छ ।
अहिले कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालय, भूमिसुधार मन्त्रालयलाई एउटै मन्त्रालयका रुपमा स्थापित गर्ने प्रस्ताव अगाडि बढेको हल्ला भएपनि कृषि प्रधान देश नेपालका लागि यी तीन मन्त्रालयलाई मात्र एकै ठाउंमा राख्दा पुर्नसंरचनाकाले सार्थकता पाउँला ? ministry-of-agriculture
जवसम्म मुलुकलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न सकिँदैन तवसम्म अन्य विकासका पाटो वा परिवर्तनका जति नै रुप फेरिएपनि आफ्नो अस्तित्व नै धरापमा पर्न सक्ने पनि हुन्छ । त्यसैले अहिलेदेखि नै कृषि क्षेत्रको विकासका लागि पनि कृषि विकास मन्त्रालय, पशुपन्छी विकास मन्त्रालयलाई मात्र गाभ्ने होइन, कृषिसँग सम्वन्धित वा सरोकारराख्ने र सवैभन्दा महत्पूर्ण रहेको सिँचाई मन्त्रालय समेत एकै ठाउँमा राख्नु उपयुक्त हुने छ । अहिले जसरी पुर्नसंरचनाको चर्चा बढिरहेको छ र जिल्लामा रहेको जिल्ला कृषि विकास कार्यालय, पशु सेवा कार्यालय एवं सेवा केन्द्रहरुको अस्तित्वको विषयमा पनि बहश हुनु जरुरी छ । जिल्ला कृषि विकास कार्यालय वा पशु विकास कार्यालय एवं सेवा केन्द्रहरुलाई नगरपालिका वा गाउँपालिकाको मातहतका राख्ने सोच यदि हो भने सोही अनुरुपको भौतिक संरचना र अधिकार सम्पन्न तुल्याउनु आवश्यक छ ।
तर अहिलेदेखि नै कृषि तथा पशु सेवाको क्षेत्रलाई अवमूल्यन हुने गरी जुन किसिमले राज्य पुर्न संरचना गर्न खोजिएको छ । त्यसले मुलुकको आर्थिक समृद्धिको पाटोका रुपमा रहेका कृषि तथा पशुपन्छी क्षेत्रको अवस्था विकराल हुने संकेत देखिएको छ । मुलुकभर रहेका करीव १२ भन्दा बढी कृषि तथा पशु सेवा केन्द्रको उपस्थिति र अस्तित्वहरुमा कुनै पनि आँच नआउने किसिमले पुर्नसंरचना गर्नु आवश्यक छ ।
यदि वास्तविक रुपमा नै कृषि क्षेत्रको विकास गर्ने, खाद्य संकटको चुनौतीलाई सामना गर्ने हो भने कृषि तथा पशुपन्छी विकास क्षेत्रमा सरकारले फरक दृृष्टिकोण राख्नु जरुरी छ । जसरी शिक्षा र स्वास्थ्यका क्षेत्र प्राथमिकतामा परिररहेका छन् । त्यसैगरी कृषि तथा पशुपन्छीको क्षेत्र पर्नु आवश्यक छ । भोकमरी र पोषणको सुरक्षाको कुरा विश्वभर चलिरहँदा कृषि प्रधान नेपालले आफूलाई कृषि, जलश्रोत र पर्यटन क्षेत्रबाट नै आफ्नो पहिचान बनाउनु जरुरी छ । र आत्मनिर्भरताका लागि कृषि र पशुपन्छी क्षेत्रको विकासका लागि विशेष प्राथमिकतामा आधार बनाएर पुर्नसंरचना गर्नु पनि त्यत्तिकै महत्वपूर्ण देखिन्छ । –  हिमा’स्वस्ती’ पौडेल

प्रकाशित मिति: सोमवार, चैत्र २१, २०७३