सोमवार, बैशाख २४, २०८१

कृषि विकास मन्त्रालयको ६ अर्व फ्रिज हुंदै

काठमाडौं, फागुन । कृषि विकास मन्त्रालयले आगामी आर्थिक बर्षका लागि बजेट तयारी गरिरहंदा राष्ट्रिय योजना आयोगले ३० अर्वसम्मको सिलिङ्गमा बजेट निर्माण गर्न दिएको छ । ministry-of-agricultureआयोगले दिएको बजेट सिलिङ्गलाई हेर्ने हो भने हरेक बर्ष कृषि विकास मन्त्रालयको बजेट बढ्दो क्रममा छ । तर कृषिमा बजेटमा जति नै बृद्धि भएपनि खर्च गर्न नसक्दा हरेक बर्ष बजेट फ्रिज हुंदै गएको छ । गतबर्ष २१ अर्व बजेट स्वीकृत भएको कृषि विकास मन्त्रालयको करीव ४ अर्व रुपैयां फ्रिज रहेको बजेट महाशाखाले जनाएको छ । चालु आर्थिक बर्षका लागि कृषि विकास मन्त्रालयसंग २७ अर्व बजेट भएको भएपनि स्वीकृत कार्यक्रम अनुरुप काम गर्न नसक्दा ६ अर्व रुपैयां भन्दा बढी रकम फ्रिज हुने सम्भावना रहेको छ । दोस्रो चौमासिकसम्म पनि काम गर्न नसकेको आधारमा चालु आर्थिक बर्षमा करीव ६ अर्व बजेट फ्रिज हुने सम्भावना देखिएको हो ।

प्रकाशित मिति: सोमवार, फाल्गुन २३, २०७३