आइतवार, बैशाख २३, २०८१

सरकारी नीति लत्याउंदै बीउ विजन कम्पनीको जाँडपाटी

काठमाडौं, फागुन । सरकारले ल्याएको राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीतिलाई खिल्ली उडाउंदै राष्ट्रिय बीउ विजन कम्पनीले बार्षिक साधारणसभामा कृषि मन्त्री, कृषि सचिव लगायत कृषि विकास मन्त्रालयका उच्च अधिकारीहरुलाई जांडपाटीले स्वागत गरेको छ । आफ्नो १५ औं बार्षिक साधारणसभाको औपचारिक कार्यक्रममा कृषि मन्त्रीलाई प्रमुख अतिथि बनाएको बीउ विजन कम्पनीका प्रमुख सञ्चालक धर्मराज अधिकारीले सरकारी नीतिको अवज्ञा गर्दै तारे होटलमा जांडपार्टी दिएका हुन् ।jad
कृषि विकास मन्त्रालय मातहतमा रहेको राष्ट्रिय बीउ विजन कम्पनीका विवादित सञ्चालक धर्मराज अधिकारीले कृषि विकास मन्त्री गौरीशंकरलाई रिझाउनका लागि जांडपाटी गरेको बीउ विजन कम्पनीका एक कर्मचारीले बताए । तर कृषि मन्त्री गौरीशंकर चौधरीले भने मदिरापान नगर्ने गरेकाले औपचारिक कार्यक्रम सकिनासाथ बाहिरिएको बताइएको छ । शुक्रबार साँझ ५ बजेनै सोल्टी मोडमा रहेको प्लाटिनियम होटलमा आधा घण्टाका औपचारिक कार्यक्रम पछि लाखौंको खर्च देखाउन जांड पाटी गरिएको छ । सरकारले सरकारी निकायबाट आयोजनामा हुने कार्यक्रममा मदिराजन्य पदार्थ प्रयोग गर्न पूर्ण निषेध गरेको भएपनि सरकारी नियमलाई धोती लगाउने काम अधिकारीले गरेका छन् । अधिकारीले जांड पार्टी दिएपछि उनलाई कार्वाही गर्नुको सट्टा कृषि मन्त्री मौन फर्कनु र कृषि सचिव डा सुरोज पोखरेल समेत जांड पार्टीमा रमाएको पार्टीमा सहभागी एक उच्च अधिकारीले कृषि अनलाईनलाई बताए ।
धर्मराज अधिकारी प्रमुख रहेको राष्ट्रिय बीउ विजन कम्पनीले शुक्रबार परेको पानी र चिसौ मौसमलाई चुनौती दिंदै  ६ बजेदेखि जांडपार्टी गरेका थिए । धर्मराज अधिकारीले आफ्ना कर्तुतलाई ढाकछोप गर्नका लागि अन्तर्राष्ट्रिय ब्राण्डका रक्सीले मन्त्री, सचिवलाई खुशी पारेका छन् ।
सरकारी कार्यक्रममा नीति विपरित रक्सीको प्रयोग गरिएको विषयमा कृषि सचिव डा. सुरोज पोख्ररेलले आफू रात्री भोजमा सरीक नभएकोले जानकारी नभएको कृषि अनलाईनलाई बताए । तर राष्ट्रिय बीउ विजन कम्पनीका एक सदस्यले भने सचिवको भनाईलाई समेत खण्डन गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फाल्गुन २७, २०७३