मङ्लबार, बैशाख १८, २०८१

किसान सुरक्षा योजना आउँदै

काठमाडौं, माघ । कृषकको हित एवं व्यवसायिक तथा आर्थिक सुरक्षाका लागि सरकारले किसान सुरक्षा योजना लागू गर्ने तयारी गरिरहेको छ । संलग्न किसानहरुको हित, संरक्षण तथा व्यवसायिकरण गरी देशलाई आर्थिक रुपले समृद्ध बनाउने नीति अनुरुप यस्तो योजना ल्याएको कृषि विकास मन्त्रालयले जनाएको छ । उक्त योजना मार्फत किसानलाई यस पेशामा आकर्षण बढाउन सरकारले चालू आर्थिक बर्षदेखि कार्यान्वयन गर्ने गरीकिसान सुरक्षा योजना लागू गर्ने तयारी गरिरहेको जनाइएको छ । kisank
कृषि विकास मन्त्रालयका सचिव डा।सुरोज पोखरेलले किसान सुरक्षा योजना लागू गर्ने सरकारको प्रयास छ । पहिलो चरणको प्रतिवेदन तयार गरी अध्ययनको सिलसिलामा रहेको जानकारी दिए । सचिव डा। पोखरेलले यो योजना अघिल्ला आर्थिक बर्षमा मस्यौता गरिएको हो । विशेषज्ञहरुलाई विस्तृत योजना बनाउने जिम्म दिइएको थियो, प्रतिवेदन तयार भएको छ । कसरी लागू गर्ने भनेर मन्त्रालयले छलफल गर्दछ । अन्तिम खाका तयार गर्न भने वाँकी रहेको जानकारी उनले दिए ।
मन्त्रालयका अनुसार विशेषज्ञ समितिलाई १५ वटा प्रश्नावली दिइएको थियो । त्यसमा किसानको बर्गीकरण गरी त्यसैको आधारमा पेन्सन योजना लागू गर्ने योजनासँग जोडिएको छ । बर्गिकरण किसानको योगदानदेखि उत्पादनसम्मका कुरा समाबेश गर्ने भन्ने योजना छ । किसान सुरक्षा योजना लागू भएदेखि त्यसमा आवश्यक पर्ने रकमको जोहो तथा व्यवस्थपन कसरी गर्ने भन्नेबारेमा भने सरकारलाई टाउको दुखाइएको विषय बनेको जनाइएको छ । यद्यपी पहिलोपटक कोषमा रकम भने सरकारले जम्मा गर्नु पर्ने अध्ययन प्रतिवेदन छ ।
किसान सुरक्षा योजना कुन रुपमा कसरी लागू हुने भन्ने विषयमा भने मन्त्रालयले गहिरो अधययन गरेर पहिले कति जिल्लामा कहाँबाट लागू गर्दै लैजाने भन्ने सोच रहेको डा।पोखरेलले जानकारी दिए । अध्ययन प्रतिवेदनले किसानलाई पाँच बर्षमा विभाजन गरेको छ । जसअन्तर्गत २० बर्ष निरन्तर किसान काम गरेका र ६० बर्षका उमेर पूरा गरेको हुनु पर्ने भन्ने व्यवस्था सिफारिस गरिएको छ । यसप्रति सचिव डा। पोखरेलले यस्तो आएपनि त्यो छलफलका लागि मात्र रहेको र अन्तिम होइन भने ।
किसानले यस क्षेत्रमा लाग्नेको भविष्य सुरक्षित नभएको भन्दै यस पेशलाई काम नपाएपछि मात्र विकल्पको कामका रुपमा लिंदै आएको अवस्था छ । यो योजना आपछि कृषमा आकर्षण थप्छ भन्ने सरकाको ठम्याई रहेको गोरखापत्रमा छापिएको छ । – भक्तबहादुर थापा

प्रकाशित मिति: बिहिबार, माघ २०, २०७३