आइतवार, बैशाख १६, २०८१

कृषि मन्त्री गौरीशंकर चौधरीलाई दशकिलोको माला

कंचनपुर, माघ । क्षेत्रीय कृषि निर्देशनालय सुदुरपश्चिममाञ्चाल, जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरर कृषि व्यवसाय प्रर्वद्धन कार्यक्रम हरिहरभवनको संयुक्त आयोजना आयोजना गरिएको १० औ राष्ट्रिय प्रांगारिक कृषि मेलामा प्रमुख अतिथिका रुपमा पुगेका कृषि मन्त्री गौरी शंकर चौधरीलाई आयोजकले १० किलोको माला पहि¥याएर स्वागत गरेका छन् ।krisi
विभिन्न दलका शीर्षस्थ नेताहरुलाई यसरी धेरै तौलको माला पहिराउने गरेको भएपनि कृषि मन्त्रीहरुलाई अहिलेसम्म यति धेरै तौलको माला लगाइएको थिएन ।
कृषि विकास मन्त्री गौरीशंकर चौधरी दश किलोको माला लगाउन पाउने भाग्यमानी कृषि मन्त्री बन्न पगेका छन् ।
आजबाट शुरु भएको सो राष्ट्रिय प्रांगारिक कृषि मेलाको उद्घाटन गर्न पुगेका कृषि मन्त्री चौधरीले कृषि क्षेत्रको विकास गर्न सके मात्र मुलुकको आर्थिक समृद्ध हुने बताएका छन् । -धिरन्द्र बस्नेत

प्रकाशित मिति: शुक्रबार, माघ २१, २०७३