शनिबार, बैशाख १५, २०८१

कृषि विभागको महानिर्देशकमा भण्डारी

काठमाडौं, माघ । कृषि विभागको महानिर्देशक डा.युवकध्वज जिसी सचिवमा बढुवा भएपछि रिक्त भएको विभागको महानिर्देशकमा डिल्लीराम भण्डारी नियु्क्त भएका छन् । krishilogo
विभाग मातहतमा रहेको बाली विकास निर्देशनालयका कार्यक्रम निर्देशकका रुपमा काम गरिरहेका भण्डारीलाई काजमा सरुवा गरी महानिर्देशक बनाईएको छ ।
बाली विकास निर्देशनालयबाट सरुवाका लागि सामान्य प्रशासन मन्त्रालयमा स्वीकृतिका लागि पठाईएको भएपनि सामान्य प्रशासनबाट स्वीकृत भने प्राप्त भईसकेको छैन । आज बुधबार नै भण्डारीले महानिर्देशकको पदभार ग्रहण गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ १९, २०७३