शनिबार, बैशाख १५, २०८१

काठमाडौं पछि झापामा विषादी परीक्षण प्रयोगशाला

काठमाडौं, पौष । काठमाडौंमा मात्र स्थापना गरिएको विषादी अवशेष दू्रत विश्लेषण परीक्षण प्रयोगशाला अव झापामा पनि सञ्चालनमा आउने भएकोे छ । झापाको विर्तामोडमा रहेको कृषि उपज थोक बजारमा सो प्रयोगशाला सञ्चालन भएपछि झापाका उपभोक्ताहरुले समेत विषादी मुक्त हरिया तरकारी उपभोग गर्न पाउने भएका छन् । bisadi mechin
बाली विकास निर्देशनालय हरिहरभवनले काठमाडौको कालीमाटी पछि झापाको विर्तामोडमा सञ्चालन गर्न लागेको प्रयोगशालाको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । विर्तामोडसंगै सिराहाको लालवन्दी, पश्चिमाञ्चलमा रूपेन्देहीको बुटवल, मध्यपश्चिमाञ्चलमा पोखरा र सुदूरपश्चिमाञ्चलको धनगढीमा विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । वाली विकास निर्देशनालयका कार्यक्रम निर्देशक डा. डिल्लीराज शर्माल बताएका छन् । प्रत्यके ठाउंमा रु २० लाखको लागतमा प्रयोगशाला निर्माण भइरहेकोे समेत उनले बताए ।
शर्माका अनुसार २५ प्रतिशत विषादी भए तरकारी प्रयोग गर्न सकिने, २० देखि ३५ प्रतिशतसम्म विषादी भए केही समयसम्म राखेर प्रयोग गर्न सकिने, ३५ देखि ४५ प्रतिशतसम्म विषादी भए क्वारेन्टाइनमा केही समयसम्म राखेर पुनः परीक्षण गरेर प्रयोग गर्न सकिने तथा ४५ प्रतिशतभन्दा माथि विषादीको मात्रा भए उक्त तरकारी, फलफूल नष्ट गरिने छ ।
काठमाडौँको कालिमाटीमा तीन वर्षअघिबाट उक्त प्रयोगशाला सञ्चालनमा रहेको छ । कालीमाटीमा प्रयोगशाला स्थापना भएपछि उच्च विषादी प्रयोग भएका तरकारी उपत्यका बाहिर बिक्री वितरण हुन थालेपछि सरकारले सातवटै प्रदेशमा तरकारीको विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गर्न लागिएको हो ।
तरकारीको आयात, निर्यात र उत्पादन हुने मुख्य बजारलाई केन्द्रमा राखेर विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो । “प्रयोगशाला निर्माणपछि विषादीको परीक्षण गरेर मात्र फलफूल र तरकारी बजारमा पठाइनेछ,” शार्माले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७३