बिहिबार, बैशाख २०, २०८१

९६ लाख मेट्रिक टन अन्नले पुग्ने

काठमाडौँ,पौष । कृषि विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव योगेन्द्रकुमार कार्कीले खाद्यान्न बालीमा सन्तोष जनक बृद्धि भएकोले यस बर्ष खाद्यान्न आयात गर्नु नपर्ने बताएका छन् । कृषि विकास मन्त्रालयमा आयोजित पत्रकार भेटकार्यक्रममा बोल्दै प्रवक्ता कार्कीले सो कुरा बताएका हुने । yogendraउनले धानमा २१ दशमलव ०२२, मकैमा एक दशमलव २५, कोदोमा एक प्रतिशत र फापर (तीते र मीठे) मा सन्तोषजनक वृद्धि भएको भन्दै आव २०७३÷७४ मा धान, मकै, कोदो, फापर (तीते र मीठे) को कूल उत्पादन एक करोड चार लाख मेट्रिक टन भएको बताए ।
बर्षे बालीनालीको धान, मकै, कोदो तथा फापर उत्पादनको अवस्था र खपतका बारेमा जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा कृषि विभागका महानिर्देशक युवकध्वज जिशीले समयमा वर्षा भएको, उन्नत मल बीउबिजन उपलब्ध गराउन सकिएको, कृषिमा क्रमशः आकर्षण बढेकाले खाद्यान्न बालीको अवस्था सन्तोषजनक देखिएको बताए ।
हालको जनसङ्ख्यालाई धान्न ९६ लाख मेट्रिक टन अन्न भए पुग्ने उल्लेख गर्दै मन्त्रालयका प्रवक्ता कार्की भन्छन् । आलुलाई खाद्यान्नका रुपमा प्रयोग गर्ने हो भने हालको उत्पादनको तुलनामा वार्षिक ३२ लाख मेट्रिक टन अन्न निर्यात गर्न सकिन्छ । यस वर्ष आलुको उत्पादन २८ लाख मेट्रिक टन भएको छ । गतवर्ष धान ४२ लाख ९९ हजार मेट्रिक टन मात्र उत्पादन भएकामा यस वर्ष ५२ लाख ३० हजार मेट्रिक टन उत्पादन भएको छ । गतवर्ष मकै २२ लाख ३१ हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष २२ लाख ५९ हजार मेट्रिक टन, गतवर्ष कोदो तीन लाख दुई हजार मेट्रिक टन उत्पादन भएकामा यसवर्ष तीन लाख छ हजार मेट्रिक टन उत्पादन भएको छ ।

प्रकाशित मिति: सोमवार, पुस १८, २०७३