मङ्लबार, बैशाख २५, २०८१

विषादी न्यूनिकरण अभियानमा कलाकार जुटे

धार्दिङ, कार्तिक । तरकारी तथा फलफूलबालीमा बढ्दो विषादी प्रयोगका कारण मानव स्वास्थ्यमा घातक रोग बढ्दै गएपछि घातक रासायनिक विषादीको प्रयोग न्यूनिकरण गर्नका लागि सरकार लागि परेको छ । विषादी प्रयोग नगर्न किसानहरुलाई जागरुक गराउन सके उपभोक्ताहरुले पनि स्वच्छ तरकारी तथा फलफूल उपभोग गर्न पाउने छन् । पछिल्लो समयमा किसानहरुले तरकारी बालीमा विषादीको प्रयोग अत्यधिक गर्न थालेपछि विभिन्न निकायहरु किसानहरुलाई जागरुक गराउने newwsssssअभियानका जुटेका छन् ।
किसानहरुलाई रासायनिक विषादी प्रयोगका कारण हुने हानी नोक्सानी, स्वास्थ्यमा पर्ने असर र त्यसले पार्ने दीर्घकालिन रोगहरुका बारेमा समेत सचेतना जगाउने काममा यतिखेर रङ्गकर्मीहरु तरकारीका पकेट क्षेत्रमा पुगेका छन् । कुसुम नाट्य समूह काठमाडौंका कलाकारहरु, काभ्रे, धार्दिङ, बारा, कपिलवस्तुका विभिन्न तरकारी उत्पादनको पकेट क्षेत्रमा पुगि नाटकका माध्यमबाट किसानहरुलाई विषादी प्रयोय न्यूनिकरण अभियानमा जुटेका हुन् । news-bhphto-drama
विषादी विष हो औषधी होइन शीर्षकको नाटक लिएर कुसुम नाट्य समूह कलाकारहरु रमेश केसी मट्टारे, विष्णुभक्त फुंयाल, मञ्जु श्रेष्ठ, राजेन्द्र गड्तौला, बासु खनाल, सन्तोष खनाल, शुशिला अर्याल, पुष्प अवस्थी लगायतका टोलीले विभिन्न स्थानमा विषादी प्रयोग न्यूनिकरण अभियानमा किसानका घरदैलोमा नै पुगेका हुन् ।
सोही नाट्य अभियानमा धार्दिङ आईपुगेका कुसुम नाट्य समूहका वरिष्ट कलाकार रमेश केसी मट्टारेले नाटकका पात्रहरुले सचेतना गराउने काम गरेपनि त्यसका लागि कडा कानून नै ल्याउनु पर्ने बताएका छन् । उनले विषादी वितरण प्रणालीलाई बैज्ञानिक र प्रांगारिक विषादी उत्पादन र प्रयोगका सरकारले जोड दिनु पर्ने समेत बताए ।
विषादी प्रयोग न्यूनिकरण गर्नका लागि किसानसम्म सचेतना कार्यक्रमहरु पुग्नु पर्ने र किसान लक्षित कार्यक्रम नै सञ्चालन गर्नु पर्नेमा नाटक लेखक एवं निर्देशक रङकर्मी विपी भण्डारीले कृषिलाई बताए ।

प्रकाशित मिति: शनिबार, कार्तिक २७, २०७३