आइतवार, जेष्ठ ६, २०८१

कृषि मन्त्रालयले तोक्यो धानको मूल्य

काठमाडौं, कार्तिक । किसानहरुले धानको मूल्य तोक्न लामो समयदेखि संघर्ष गर्दै आईरहेको भएपनि कृषि विकास मन्त्रालयले यो बर्षका लागि धानको न्यूनतम मूल्या तोकेको छ । कृृषि विकास मन्त्रालयले तोकेको धानको मूल्यमा मोटो धान प्रतिक्वीन्टल न्यूनतम २ हजार ७० र मध्यम खालको धानको प्रति क्वीन्टल २ हजार २ सय ३० रुपैयाँ तोकिएको कृषि विकास मन्त्रालयले जनाएको छ ।
कृषि विकास मन्त्रालयको प्रवक्ता योगेन्द्र कुमार कार्कीका अनुसार अहिले तोकिएको धानको मूल्य बर्षे धानका लागि मात्र भएको बताए । गत आर्थिक वर्ष ४२ लाख ९९ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष ५ लाख १० हजारले वृद्धि भएर करिब ४८ लाख मेट्रिक टन फल्ने मन्त्रालयको अनुमान रहेको पनि उनले बताए ।

प्रकाशित मिति: आइतवार, कार्तिक २८, २०७३