सोमवार, बैशाख २४, २०८१

सुन्तला किसान उत्पादनमा कमी आएसँगै आम्दानी घट्दा चिन्तित

orenge-dadeldhuraडडेल्धुरा, कात्तिक । यस वर्ष जिल्लामा सुन्तला उत्पादनमा निकै कमी आएको छ । वर्षेनि कृषकले सुन्तलाका बिरुवा लगाउँदै आएका भए पनि विभिन्न रोगका कारण बोट सुक्दै जाने, भएका बोटमा पनि सानो दाना फल्ने र दाना नपाक्दै झरेर जाँदा उत्पादनमा कमी आएको हो । जिल्लाका बगरकोट, अमरगढी नगरपालिका, गाङ्खेत, रुपाल, भागेश्वर, बेलापुर, मणिलेकलगायत गाविसमा सुन्तला अत्यधिक उत्पादन हुन्छ । सुदूरपश्चिमको यी क्षेबहरु सुन्तलाका लागि प्रख्यात हुन् । गत वर्ष जिल्लामा ४३० हेक्टर क्षेत्रफलमा चार हजार ५६१ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो तर यो वर्ष भने त्यसमा निकै कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
वर्षौँ देखि सुन्तला बिक्री गरेर जीविकोपार्जन गर्दैै आएका यहाँका किसान उत्पादनमा कमी आएसँगै आम्दानी घट्दा चिन्तित बनेका छन् । विगतामा सुन्तला बिक्री गरेर बर्षेनि रु एक लाखदेखि रु दुई लाखसम्म आम्दानी गर्ने गरेका यहाँका किसान अहिले मुस्किलले रु १५ हजारदेखि रु २० हजारसम्म मात्र आम्दानी गर्ने गरेको बेलापुरका सुन्तला व्यापारी नरबहादर विष्ट बताउछन् ।
जिल्लामा करिब ३० प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको कृषि प्रसार अधिकृत शालिकराम पौडेलले बताए । केही वर्षदेखि सुन्तलाको बोट ‘सिट्रस ग्रेनिङ’ रोगका कारण सुक्दै गएका उनको भनाइ छ ।

प्रकाशित मिति: शुक्रबार, कार्तिक २६, २०७३