सोमवार, बैशाख २४, २०८१

प्रधानमन्त्री दाहाल कृषि मन्त्रीसंग किन रिसाए ?

काठमाडौं, कार्तिक । कुनै पनि नेतृत्व तहमा पुगेका व्यक्तिहरुले आफ्नो कार्यकाल सफल भएको र आम नागरिकबाट स्यावासी पाएको खोज्ने गर्दछ । दोस्रो पटक मुलुकको प्रधानमन्त्री बनेको पुष्पकमल दाहाल पनि आफ्नो नेतृत्वमा केही नयां काम होस् र त्यसले एउटा इतिहास रचोस् भन्ने चाहना राखिरहेका छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणलाई लिएर दाहाल नेतृत्वको सरकारलाई लम्पसारवादको विल्ला पनि धेरैले लगाए । तर त्यसको कुनै तुक छ्रैन भन्नेहरु पनि धेरै निस्किए । यद्यपी पछिल्लो समयमा प्रधानमन्त्री दाहाल आफ्नो नेतृत्वको सरकारमा बसिरहेका आफ्नौ पार्टीबाट मन्त्री बनेकाहरुसंग जंगिए । pra
प्रधानमन्त्री दाहाल जंगिनु पनि स्वभाविकै होला । उनले बनाएका मन्त्रीहरुले वितेका तीन महिनामा कुनै पनि उपलब्धिहरु देखाउन सकेनन् । मुलुकलाई आत्मनिर्भरन बनाउन सक्ने कृषि क्षेत्र पनि दक्षिणतिर लम्पसार पर्नु परेको छ । कम्तिमा खाद्य सुरक्षाका लागि केन्द्रित हुनका लागि पनि कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउनु पर्दछ भन्ने सोचल माओवादी केन्द्रले कृषि विकास मन्त्रालय ओली नेतृत्वको समयमा पनि र अहिले आफ्नै नेतृत्वको सरकारका पालामा पनि लिएको छ ।
नेपाल सरकारको कृषि क्षेत्रमा सवैभन्दा ठूलो लगानी भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत कृषिमा आत्मनिर्भर बन्नु पर्दछ भन्ने सोले सजाएको सपनालाई आफैले बनाएको मन्त्रीका कारण चकनाचुर बनाएपछि प्रधानमन्त्री दाहाल जंगिनु स्वभाविकै पनि हो । प्रधानमन्त्री दाहाल सवैभन्दा बढी क्रुद्ध देखिएका छन् । यसको प्रमुख कारण कृषि मन्त्री गौरी शंकर चौधरीले मन्त्री भए लगतै प्रधानमन्त्री कृषि आधुनिकीकरणको नाम नै काम छैन भन्ने भाषण ठोक्न थाले । जुन कृषि मन्त्री स्वयंले गलत काम गरेको पछि स्वीकार पनि गरे ।
हेर्दा सरल र भलाद्मी देखिने कृषि मन्त्री चौधरीले कृषि विकास मन्त्रालयमा आएपछि कृषि क्षेत्रको विकासका लागि भन्दा पनि नौ महिने म्यादी मन्त्रीका रुपमा आफूलाई ग्रहण गर्दै व्यक्तिगत स्वार्थमा लिप्त भई कमाउ र राज गर मै मस्त देखिए । चौधरी मन्त्री भएर आए लगतैको पहिलो विदेश भ्रमण रोम जांदा उनले केही उच्च कर्मचारीसंग ठूलै रकम माग गरेका थिए । जुन रोम जांदा डलरका रुपमा सटही गरेको मन्त्रालय उच्च श्रोतले बताएको छ ।
त्यत्ति कारणले मात्र प्रधानमन्त्री कृषि मन्त्री चौधरीसंग क्रुद्ध नभई मन्त्री जस्तो संवेदनशील पदमा बसेर पनि सन्काहा प्रवित्ति मन्त्रीले त्याग्न सकेका छैन । मन्त्री चौधरीको सन्काहा प्रबृत्तिका कारण पनि मन्त्रालय दिनप्रतिदिन खस्कंदै गईरहेको उनी निकट कर्मचारीहरुकै आरोप छ । कृषि मन्त्री चौधरीको दैनिक रुपमा खस्कंदै गईरहेको विश्वास, रकम कुम्ल्याउने अभियानका कारण पनि प्रधानमन्त्री दाहाले उनीसंग क्रुद्ध भएका छन् । कृषिमा गरेर देखाउने धेरै बस्तु र ठाउं भएपनि तीन महिनाका अवधिका केही पनि गर्न नसकेकै कारण पनि दाहाल रिसाएको हुन सक्ने अनुमान गर्न थालिएको छ ।

प्रकाशित मिति: सोमवार, कार्तिक २२, २०७३